Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बंगुरपालक कृषक समूहबिच छलफल कार्यक्रम

Bangur-Palak-Hetauda-1548345408.jpg

१० माघ, हेटौँडा । राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराको आयोजनामा हेटौँडा ११ थानाभर्याङ सिमलटारस्थित स्वरोजगार बंगुर पालक कृषक समूह र संस्थाबिच छलफल कार्यक्रम गरिएको छ ।
उन्नत जातका बंगुरका पाठापाठी फैलाउने उदेश्यले बिहीबार कृषकबिच छलफल गरिएको हो । 
बंगुरका पाठापाठी र मासुको लागि छुट्टाछुट्टै किसिमले बंगुरलाई रेखदेख गर्नुपर्ने, स्वस्थ आहार, खोर व्यवस्थापन, औषधी उपचार र बजारिकरणका विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख पशु विकास अधिकृत कृष्णकान्त न्यौपानेले बंगुरलाई उदेश्य अनुसार छुट्टाछुट्टै किसिमले हुर्काउनुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले सिमलटार क्षेत्रमा कृषक समूहका सदस्यहरुलाई बंगुर पालनका लागि ३० वटा उन्नत जातका पाठापाठी सहयोग गर्ने र खोर व्यवस्थापनका लागि कृषकहरुलाई तालिम  र आर्थिक सहयोग समेत दिने प्रतिवद्धत्ता जनाए ।
स्वरोजगार बंगुरपालक कृषक समूहका उपाध्यक्ष सन्तकुमार विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका विशेष अतिथि एवम् वडा नम्बर ११ का वडा अध्यक्ष गोकर्ण पराजुली, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डे, पशु विकास अधिकृत सोमबहादुर गुरुङ, पशु विकास अधिकृत डाक्टर रविन बस्ताकोटी, स्वरोजगार बंगुरपालक कृषक समूहका सल्लाहकार गोबिन्द प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार