Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडामा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवको तयारी तिब्र

Suman-1478431308.jpg

२१ कार्तिक, हेटौँडा । हेटौँडामा मंसिर २ देखि १३ गतेसम्म हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवको तयारी तिब्र पारिएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव बारे जानकारी दिएको हो ।

हेटौंँडा–१० स्थित भुटनदेवी बसपार्क टिसिएनमा ११ दिनसम्म हुने महोत्सवमा ३ सय ५० वटा स्टल रहने मूल आयोजक समिति संयोजक भेष खड्गीले बताए । महोत्सवमा म्याराथन, तेक्वान्दो र कबड्डी प्रतियोगिताको राष्ट्रिय प्रतियोगिता, सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण महिला भलिबल, शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रर्दशनी हुनेछ । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा विजेता बन्न सफल खेलाडिहरुको सम्मान, किवि फलको विशेष प्रर्दशन, सिमान्तकृत तथा लोपोन्मुख राउटे जातिको स्टल, नृत्य, गायन, चित्रकला र नाटक विधाको प्रतिष्पर्धा हुने ‘हेटौँडा गट ट्यालेन्ट’ प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

२ लाख ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सवमा १० करोड रुपैँया कारोबार हुने आयोजकको दावि छ । प्रतिष्ठानले गर्दै आएको हेटौँडा गोल्ड कपलाई आर्थिक सहयोग जुटाउन महोत्सव आयोजना गरेको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका महासचिव सविन न्यौपाने, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, प्रचारप्रसार संयोजक गणेश दर्पण अधिकारी लगायतले महोत्सवले जिल्लाको खेलकुद र आर्थिक क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्ने भएकाले सबैको सहकार्य आवश्यक रहेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार