२३ माघ, हेटौँडा । नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।
माघ २३ गतेदेखि फागुन ८ सम्म दर्ता हुने नयाँ जीएसएम पोष्टपेड मोबाइल ग्राहकहरुलाई ३ महिनासम्म प्रति महिना अल टाइम डाटा १ जीबी र १०० मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध गराईनेछ। जिएसएम पोष्टपेड ग्राहकहरुलाई ९सय रुपैयाँ प्याकेजमा प्रति महिना २ जीबी डाटा र रु ५०० को निशुल्क सुविधा उपलब्ध गराउँदै आएकोमा प्रति महिना अल टाइम डाटा ३ दशमलव ३ जीबी र पाँच सयको फ्रि रिसोर्ज उपलब्ध गराईने र टेलिकमको एनटि एप डाउनलोड गरेमा १०० एमबी डाटा दिने टेलिकमले जनाएको छ ।
यस्तै टेलिकमले टुरिस्ट प्याकेजसमेत ल्याएको छ। यसअन्तर्गत ५ सयमा ५ जीबी डाटा, एनटी नेटवर्कमा ५० मिनेट भ्वाइस, ५० एसएमएस तथा रु १०० को अन्तर्रा्ष्ट्रिय कल समेत गर्न सकिने फ्रि रिसोर्स उपलब्ध गराईने छ। यसैगरी एक हजार रुपैयाँमा १० जीबी डाटा, एनटी नेटवर्कमा १०० मिनेट भ्वाइस, १०० एसएमएस तथा दुइसय रुपैयाँको अन्तर्रा्ष्ट्रिय कल समेत गर्न सकिने फ्रि रिसोर्स उपलब्ध गराईने छ।
माघ २२ गतेदेखि ९० दिनसम्म दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेज अन्तरगत क्रमशः रु ३५ मा १० मिनेट, रु १५० मा ४५ मिनेट र ५ सय रुपैयाँमा मा १६५ मिनेट उपलब्ध गराईने छ। २०७४ को असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेका सर्वसाधारणहरुले २०७६ असार मसान्तसम्म बक्यौता रकम बुझाएमा सम्पूर्ण जरिवाना छुट गरिएको छ।
फाइबर टु दि होम अर्थात एफटिटिएच माइग्रेसन योजनाअन्तरगत एक वर्षदेखि नियमित एडिएसएल सेवा लिईरहेका ग्राहक तथा ३ महिनाको एफटिटिएच प्याकेज खरिद गर्ने नयाँ ग्राहकहरुलाई एफटिटिएच सीपीई निशुल्क उपलब्ध गराईने छ। यो योजना ३ महिनासम्म लागू हुने टेलिकमले जानकारी दिएको छ। मोबाइल पोइन्ट सेलको माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा ५ प्रतिशतका दरले बोनस रकम उपलब्ध गराउने छ। यो योजना ६ महिनासम्म लागू हुने कम्पनीले जनाएको छ।
नेत्रहिन संघको सिफारिसमा नेत्रहिन व्यक्तिहरुले प्रयोग गरिरहेका जीएसएम तथा सिडिएमए मोबाइलहरुमा ५०, २००, ३०० रुपैयाँको अल टाइम डाटा प्याकेज खरिदमा शत प्रतिशत बोनस तथा २०० को अल टाइम भ्वाइस प्याकेज खरिदमा पचास प्रतिशत बोनस उपलब्ध गराईने र योजना ९० दिनसम्म लागू हुने टेलिकमले जनाएको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...









-nepal-1792111426.jpg)







