Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

१५ औं वार्षिकोत्सवमा एनटिसिको अफर नै अफर

NTC_Logo-1549417269.JPG

२३ माघ, हेटौँडा । नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ । 
माघ २३ गतेदेखि फागुन ८ सम्म दर्ता हुने नयाँ जीएसएम पोष्टपेड मोबाइल ग्राहकहरुलाई ३ महिनासम्म प्रति महिना अल टाइम डाटा १ जीबी र १०० मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध गराईनेछ। जिएसएम पोष्टपेड ग्राहकहरुलाई ९सय रुपैयाँ प्याकेजमा प्रति महिना २ जीबी डाटा र रु ५०० को निशुल्क सुविधा उपलब्ध गराउँदै आएकोमा प्रति महिना अल टाइम डाटा ३ दशमलव ३ जीबी र पाँच सयको फ्रि रिसोर्ज उपलब्ध गराईने  र टेलिकमको एनटि एप डाउनलोड गरेमा १०० एमबी डाटा दिने टेलिकमले जनाएको छ ।
यस्तै टेलिकमले टुरिस्ट प्याकेजसमेत ल्याएको छ। यसअन्तर्गत ५ सयमा ५ जीबी डाटा, एनटी नेटवर्कमा ५० मिनेट भ्वाइस, ५० एसएमएस तथा रु १०० को अन्तर्रा्ष्ट्रिय कल समेत गर्न सकिने फ्रि रिसोर्स उपलब्ध गराईने छ। यसैगरी एक हजार रुपैयाँमा १० जीबी डाटा, एनटी नेटवर्कमा १०० मिनेट भ्वाइस, १०० एसएमएस तथा दुइसय रुपैयाँको अन्तर्रा्ष्ट्रिय कल समेत गर्न सकिने फ्रि रिसोर्स उपलब्ध गराईने छ।

माघ २२ गतेदेखि ९० दिनसम्म दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेज अन्तरगत क्रमशः रु ३५ मा १० मिनेट, रु १५० मा ४५ मिनेट र ५ सय रुपैयाँमा मा १६५ मिनेट उपलब्ध गराईने छ। २०७४ को असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेका सर्वसाधारणहरुले २०७६ असार मसान्तसम्म बक्यौता रकम बुझाएमा सम्पूर्ण जरिवाना छुट गरिएको छ।

फाइबर टु दि होम अर्थात एफटिटिएच माइग्रेसन योजनाअन्तरगत एक वर्षदेखि नियमित एडिएसएल सेवा लिईरहेका ग्राहक तथा ३ महिनाको एफटिटिएच प्याकेज खरिद गर्ने नयाँ ग्राहकहरुलाई एफटिटिएच सीपीई निशुल्क उपलब्ध गराईने छ। यो योजना ३ महिनासम्म लागू हुने टेलिकमले जानकारी दिएको छ। मोबाइल पोइन्ट सेलको माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा ५ प्रतिशतका दरले बोनस रकम उपलब्ध गराउने छ। यो योजना ६ महिनासम्म लागू हुने कम्पनीले जनाएको छ।

नेत्रहिन संघको सिफारिसमा नेत्रहिन व्यक्तिहरुले प्रयोग गरिरहेका जीएसएम तथा सिडिएमए मोबाइलहरुमा ५०, २००, ३०० रुपैयाँको अल टाइम डाटा प्याकेज खरिदमा शत प्रतिशत बोनस तथा २०० को अल टाइम भ्वाइस प्याकेज खरिदमा पचास प्रतिशत बोनस उपलब्ध गराईने र योजना ९० दिनसम्म लागू हुने टेलिकमले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार