Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

यस बर्ष औद्योगिक ब्यापार मेला क्याम्पाडाँडामा ,तयारी अन्तिम चरणमा  

53145750_2384526655166966-1550590987.jpg

७ फागुन, हेटौँडा । यहि फागुन १६ गते २६ गते सम्म मकवानपुर उद्योग बाणिज्यसंघको आयोजनामा हेटौंडा ५ क्याम्पाडाँडा चौरमा हुन गइरहेको राष्ट्रिय औद्योगिक ब्यापार मेला २०७५को तयारीको बारेमा जानकारी गराईएको छ । 
मकवानपुर उद्योग वाणिज्य सघंले मंगलबार पत्रकार भेटघाटको आयोजना गर्दै तयारी भईरहेको र अन्तिम चरणमा पुगेको जनाएको हो ।  
पत्रकार भेटघाटमा संघका अध्यक्ष कृष्ण कटुवालले ४ सय ४० वटा स्टलस सहित चेपाङहरुले खाने गिठ्ठा,भ्याकुर, स्थानिय तथा मौलिक बस्तुहरुको प्रदर्शनी,पञ्जेबाजा,खैंजडी भजन जस्ता स्थानीय संस्कृति भेषभुषाहरुको प्रवद्र्धन तथा लघु तथा घरेलु उद्यम,हस्तकला औद्योगिक बस्तु तथा सेवाहरुको प्रवद्र्धनमा उदेश्यले लक्षित गरेर मेला आयोजना गरिएको बताए । 
अध्यक्ष कटुवालले संघका पदाधिकारीहरु विभिन्न समितीहरुको संयोजक तोकिएको जनाएका छन । उनले संघ अध्यक्ष कृष्ण कटुवाल मुल संयोजक, सघंका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने स्टल व्यवस्थापन समिति संयोजक, उपाध्यक्ष गणेश भेटवाल कलाकार मनोरञ्जन संयोजक, उपाध्यक्ष राम प्रसाद न्यौपाने पास व्यवस्थापन, महासचिव तथा कोषाध्यक्ष प्रमोद सिंह रानाभाट र अनिल अग्रवाल क्रमश सचिवालय तथा अर्थ संयोजक , सचिव सन्तोष अर्याल टिकट व्यवस्थापक संयोजक त्यसैगरी सचिव काव्यमणी अधिकारी मिडिया प्रवक्ता , सचिव विष्णु गोपाल महर्जन सटल तथा सचिवालय सजावट संयोजक तोकिएको बताए । 
मेलाको  स्टल व्यवस्थापन समिति संयोजक माधव न्यौपानेले  ९८ प्रतिशत बुकिङ भईसकेको जसमा उद्योग १५,महिला हस्तकला २०,अधिकृत विक्रेता ३०,कृषि १०,अटो १०,मोवाईल २०,कम्प्युटर २०,होटल २०,आईसक्रिम १०,हस्तकला पर्यटन र अन्य रहेको बताए । उनले आदिवासी जनजातिलगायतका केही गैरनाफामुखि संघ संस्थालाई निःसुल्क स्टल उपलब्ध गराइने बताए ।
त्यसैगरी मेला मनोरञ्जन समितिका संयोजक गणेश प्रसाद भेटवालले  मेलामा हास्य कलाकार जितु नेपाल (मुन्द्रे) ‚उमेश राई (फुलेन्देकी आमा),शिवहरी पौडेल (मुखा हानु जस्तो),किरण केसि (राता मकै),सन्ध्या बुढा (काउली बुढी),आदी राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेने बताए साथै उनले  अहिलेका चर्चीत गायक शिव परियार,सुजिल कर्माचार्य,अशोक दर्जी,सुगम पोखरेल,प्रदाप दास,निशान भट्टराई,कृष्ण काफ्ले,राजनराज सिवाकोटि,कुलेन्द्र विक,कमल क्षेत्री,मिलन लामा,प्रिती आले,चेतन सापकोटा,शिव हमाल,निशा लामा,सुनिल थापा,रेखा लामा,टंक बुढाथोकी,ए आर बुढाथोकी लगाएत राष्ट्रिय कलाकारहरुको गायन रहने र मेलामा दर्शको मन जित्ने बताए। 
टिकट व्यवस्थापक संयोजक सन्तोष अर्यालले मेला भर्न आउने दर्शकलाई रु ५०को  प्रवेश टिकटको व्यवस्था गरिएको र जसमा कार्ड सहित आउने विद्यार्थीलाई  रु ३० र ७० वर्ष माथि उमेर समूहका बृद्धबृद्घाहरुलाई  वृद्ध भत्ता कार्ड देखाएमा नःसुल्क प्रवेशको व्यवस्था गरिएको बताए । 
शिवम् सिमेन्ट उद्योग मुख्य प्रायोजक रहेको मेलाको संरक्षकमा जिल्ला समन्वय समिमि मकवानपुर र हेटौँडा उपमहानगरपालीका कार्यालय रहेको बताईएको छ । त्यसैगरी मेलामा भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नंबर तिन,उद्योग ,पर्यटन वन तथा वातावरण मन्त्रालय,पर्यटन विकास परियोजना प्रदेश नंबर तिन,प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना,कृषि व्यवसाय प्रवद्घन कार्यक्रम,नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नंबर तिन र नेपाल पर्यटन बोर्ड प्रवद्र्घकहरुमा रहेका बताईएको छ।
पत्रकार सम्मेलनमा मेला भर्न आउने व्यक्तिहरुलाई बुद्ध चोक,सीमा चोक, मउवासंघ चोकबाट मेला स्थल सम्म पुग्न  ३ पाङ्ग्रे सवारीका लागि रु ३० भाडादर कायम गरिएको जनाइएको छ । 
मेलाको फागुन १६ गते प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले औपचारिक रुपमा उद्घाटन गर्ने संघले बताएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार