७ फागुन, हेटौँडा । यहि फागुन १६ गते २६ गते सम्म मकवानपुर उद्योग बाणिज्यसंघको आयोजनामा हेटौंडा ५ क्याम्पाडाँडा चौरमा हुन गइरहेको राष्ट्रिय औद्योगिक ब्यापार मेला २०७५को तयारीको बारेमा जानकारी गराईएको छ ।
मकवानपुर उद्योग वाणिज्य सघंले मंगलबार पत्रकार भेटघाटको आयोजना गर्दै तयारी भईरहेको र अन्तिम चरणमा पुगेको जनाएको हो ।
पत्रकार भेटघाटमा संघका अध्यक्ष कृष्ण कटुवालले ४ सय ४० वटा स्टलस सहित चेपाङहरुले खाने गिठ्ठा,भ्याकुर, स्थानिय तथा मौलिक बस्तुहरुको प्रदर्शनी,पञ्जेबाजा,खैंजडी भजन जस्ता स्थानीय संस्कृति भेषभुषाहरुको प्रवद्र्धन तथा लघु तथा घरेलु उद्यम,हस्तकला औद्योगिक बस्तु तथा सेवाहरुको प्रवद्र्धनमा उदेश्यले लक्षित गरेर मेला आयोजना गरिएको बताए ।
अध्यक्ष कटुवालले संघका पदाधिकारीहरु विभिन्न समितीहरुको संयोजक तोकिएको जनाएका छन । उनले संघ अध्यक्ष कृष्ण कटुवाल मुल संयोजक, सघंका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने स्टल व्यवस्थापन समिति संयोजक, उपाध्यक्ष गणेश भेटवाल कलाकार मनोरञ्जन संयोजक, उपाध्यक्ष राम प्रसाद न्यौपाने पास व्यवस्थापन, महासचिव तथा कोषाध्यक्ष प्रमोद सिंह रानाभाट र अनिल अग्रवाल क्रमश सचिवालय तथा अर्थ संयोजक , सचिव सन्तोष अर्याल टिकट व्यवस्थापक संयोजक त्यसैगरी सचिव काव्यमणी अधिकारी मिडिया प्रवक्ता , सचिव विष्णु गोपाल महर्जन सटल तथा सचिवालय सजावट संयोजक तोकिएको बताए ।
मेलाको स्टल व्यवस्थापन समिति संयोजक माधव न्यौपानेले ९८ प्रतिशत बुकिङ भईसकेको जसमा उद्योग १५,महिला हस्तकला २०,अधिकृत विक्रेता ३०,कृषि १०,अटो १०,मोवाईल २०,कम्प्युटर २०,होटल २०,आईसक्रिम १०,हस्तकला पर्यटन र अन्य रहेको बताए । उनले आदिवासी जनजातिलगायतका केही गैरनाफामुखि संघ संस्थालाई निःसुल्क स्टल उपलब्ध गराइने बताए ।
त्यसैगरी मेला मनोरञ्जन समितिका संयोजक गणेश प्रसाद भेटवालले मेलामा हास्य कलाकार जितु नेपाल (मुन्द्रे) ‚उमेश राई (फुलेन्देकी आमा),शिवहरी पौडेल (मुखा हानु जस्तो),किरण केसि (राता मकै),सन्ध्या बुढा (काउली बुढी),आदी राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेने बताए साथै उनले अहिलेका चर्चीत गायक शिव परियार,सुजिल कर्माचार्य,अशोक दर्जी,सुगम पोखरेल,प्रदाप दास,निशान भट्टराई,कृष्ण काफ्ले,राजनराज सिवाकोटि,कुलेन्द्र विक,कमल क्षेत्री,मिलन लामा,प्रिती आले,चेतन सापकोटा,शिव हमाल,निशा लामा,सुनिल थापा,रेखा लामा,टंक बुढाथोकी,ए आर बुढाथोकी लगाएत राष्ट्रिय कलाकारहरुको गायन रहने र मेलामा दर्शको मन जित्ने बताए।
टिकट व्यवस्थापक संयोजक सन्तोष अर्यालले मेला भर्न आउने दर्शकलाई रु ५०को प्रवेश टिकटको व्यवस्था गरिएको र जसमा कार्ड सहित आउने विद्यार्थीलाई रु ३० र ७० वर्ष माथि उमेर समूहका बृद्धबृद्घाहरुलाई वृद्ध भत्ता कार्ड देखाएमा नःसुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।
शिवम् सिमेन्ट उद्योग मुख्य प्रायोजक रहेको मेलाको संरक्षकमा जिल्ला समन्वय समिमि मकवानपुर र हेटौँडा उपमहानगरपालीका कार्यालय रहेको बताईएको छ । त्यसैगरी मेलामा भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नंबर तिन,उद्योग ,पर्यटन वन तथा वातावरण मन्त्रालय,पर्यटन विकास परियोजना प्रदेश नंबर तिन,प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना,कृषि व्यवसाय प्रवद्घन कार्यक्रम,नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नंबर तिन र नेपाल पर्यटन बोर्ड प्रवद्र्घकहरुमा रहेका बताईएको छ।
पत्रकार सम्मेलनमा मेला भर्न आउने व्यक्तिहरुलाई बुद्ध चोक,सीमा चोक, मउवासंघ चोकबाट मेला स्थल सम्म पुग्न ३ पाङ्ग्रे सवारीका लागि रु ३० भाडादर कायम गरिएको जनाइएको छ ।
मेलाको फागुन १६ गते प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले औपचारिक रुपमा उद्घाटन गर्ने संघले बताएको छ ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















