९ फागुन । बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परी कम्तिमा ७० जनाको मृत्यु भएको छ ।
रासायनिक भण्डारण केन्द्रमा बुधबार राति ११ बजेतिरबाट शुरु भएको आगलागीका कारण मृत्यु हुनेको संख्या विहिबार साँझसम्म ७० पुगेको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।
आगलागीमा ५० भन्दा बढि घाइते भएका छन् र उनीहरुको ढाका मेडिकल कलेजमा उपचार भईरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । ५ तले रासायनिक भण्डार गरिएको घरको पहिलो तलाबाट आगलागी शुरु भएको थियो भने अन्य घरमा समेत फैलिएको थियो । आगो निभाउन विहानसम्म ३७ वटा अग्नि नियन्त्रक यन्त्र प्रयोग भएको थियो ।
यस क्षेत्रमा अवधै ढंगबाट गोदाम राखिएको भन्दै स्थानीयले प्रशासनलाई कडा कदम चाल्न आग्रह गरेका छन् । बंगलादेश सरकारले घटनाबारे अध्ययनका लागि ५ सदस्यीय समिति गठन गरेको बंगलादेशका गृहमन्त्री अस्दुजामान खानलाई उदृत गर्दै रोयर्टसले जनाएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले समेत घटनालाई नजिकबाट नियालिरहेको जनाएकी छिन् ।
सन् २०१२ मा ढाकाको एक गार्मेन्ट कारखानामा भएको आगलागीमा १ सय १७ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढि घाइते भएका थिए ।
६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...
६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी...
६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...
५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...
५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...