Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मकवानपुर र चितवनमा फेमिलियर प्रदेशस्तरीय सेमिनार हुने

Press-Meet-Familiar-1551275894.JPG

१५ फागुन, हेटौँडा । मकवानपुर र चितवनमा ‘फेमिलियर प्रदेशस्तरीय सेमिनार’ हुने भएको छ । स्वदेशी जडिबुटिको प्रयोगबाट आर्युवेदिक सौन्दर्य प्रशाधन, मसला, खाद्य तथा दैनिक उपभोग्य सामग्री उत्पादन गर्दै आएको वल्र्ड मार्ट युनिक सोलुसन प्रालिको आयोजनामा सेमिनार हुने भएको हो । 
वल्र्ड मार्टले बुधबार हेटौँडामा गरेको पत्रकार सम्मेलनमा फागुन १७ गते चितवनको होटल गंगोत्री र फागुन १८ गते मकवानपुरको क्वीक ट्वान्टी पार्टी प्यालेसमा प्रदेशस्तरीय सेमिनार हुने जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा वल्र्ड मार्टका अध्यक्ष सुमन दाहालले चितवनमा १ सय ५० र मकवानपुरमा १ सय ५० गरी ३ सय सौन्दर्य एवं अन्य क्षेत्रका व्यवसायी, उत्पादक, वितरक र सर्वसाधारणको सहभागिता रहने जानकारी दिए । 
सेमिनारमा आफ्ना उत्पादनको प्रर्दशन, व्यवसाय प्रवद्र्धनसम्बन्धी जानकारी, सामाजिक सञ्जाल र अनलाईनमार्फत कसरी व्यवसाय प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिईने जनाईएको छ । सेमिनारमा स्वास्थ्य र सौन्दर्यसंग सम्बन्धी हेयर केयर तथा स्किन केयरका सामग्री, स्वास्थ्यका लागि अर्गानिक ग्रीन टि र मह लगायतको बारेमा सौन्दर्य एवं आयुर्वेदिक विज्ञमार्फत जानकारी दिने दाहालले बताए । हेटौँडामा हुने सेमिनारमा एक्टिभ ओडोकेयर र नयाँ प्याकमा मिट मसला लगायतका नयाँ उत्पादनको लन्चिङ गरिनेछ ।
काठमाडौंसहित देशका विभिन्न प्रदेशमा यस्तै सेमिनार गरिसकेको वल्र्ड मार्टले प्रदेश ३ को राजधानी मकवानपुर र चितवनमा कार्यक्रम गर्न लागेको उनले बताए । वल्र्ड मार्टले आफ्ना सम्पूर्ण उत्पादनमा स्वदेशी कच्चा पदार्थ र जनशक्तिको सदुपयोगमा जोड दिएको अध्यक्ष दाहालले जानकारी दिए । स्वदेशी उत्पादनको सदुपयोग र रोजगारी प्रवद्र्धनको उद्देश्यले छिटै नीजि क्षेत्र वा सार्वजनिक–नीजि साझेदारी अवधारणामा संस्था स्थापना गरी ८ हजारलाई रोजगारी र ११ सय व्यवसायीलाई लगानीको अवसर प्रदान गर्ने लक्ष्य रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिए ।
वल्र्ड मार्टले फेमिलियर ब्राण्डमा छालाको लागि एन्टी पिम्पल, एन्टी पिगमेन्टेशन, एन्टी रिंकल कम्बो सेट, कपालका लागि हेयर ट्रिटमेन्ट कम्बो सेट लगायत ट्रिटमेन्ट वेसमा जडीप्लस सोप, केशामृत स्याम्पु, केशाअमृत हेयर केयर आयल, लेसट्वान्टी एन्टी रिकल फेस प्याक, सेभेन इफेक्ट क्रिम, सनब्लक, फेसटोन, जुत्तामोजा र काखीको दुर्गन्ध हटाउने दुर्गन्धनाशक हर्बल स्प्रे ओडोकेयर सहित १७ वटा सौन्दर्य प्रसाधनका सामाग्रीहरु उत्पादन गरिरहेको छ । 
फेमिलियर ब्राण्डले अदुवा लसुन किन्न नपर्ने सिलौटामा पिन्न नपर्ने स्लोगन सहित मल्टी मिट, मटन, चिकेन, सब्जी, चाट, मम मसलाहरु र जिरा, धनियाँ, खुर्सानी, बेसारलगायत १३ भेराइटीमा फेमिलियर मसलाहरुका साथै दैनिक उपभोग्य फुड सप्लिमेन्ट अर्गानिक ग्रीन टि, महलगायत बस्तुहरुको उत्पादन एवं बजारीकरण गर्दे आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार