Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

असन्तुष्टलाई समेट्न एमाले लचक हुनुपर्छ : पौडेल

20161117_084733-1479362026.jpg

२ मंसिर, हेटौँडा । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्ट पक्षका मागबारे लचिलो भएर अघि बढ्न नेकपा एमालेलाई आग्रह गरेका छन् ।
नेपाली काँग्रेस मकवानपुरले विहिबार हेटौडामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले संविधान कार्यान्वयनका लागि पनि असन्तुष्ट पक्षमा माग सम्बोधन गर्नुपर्ने बताए । संविधान जारी गर्ने प्रमुख तीन दलले कार्यान्वयनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिंदै उनले समस्या समाधानका लागि एमाले लचक भएर अघि बढ्नुपर्ने बताए ।
नयाँ संविधानले दिएका संघियता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता विषयलाई संस्थागत गर्नुपर्ने अवस्थामा राजनैतिक दलले आफ्नो अडान मात्रै राखेर बस्न नहुनेमा उनको जोड थियो । ‘प्राप्त उपलव्धीलाई संस्थागत गर्ने बेलामा आँठो, किलो मात्रै समाएर हुन्छ, सबै लचक हुनुपर्यो ।’–उनले भने । उनले संविधानले तोकेको समयमा ३ तहको निर्वाचन गर्नुपर्ने भएकाले यसका लागि असन्तुष्ट पक्ष र संविधान जारी गर्ने दलहरु एक ठाउँमा उभिनुपर्ने बताए ।
मधेश, लोकतन्त्र र काँग्रेस एक अर्काका पुरक भएकाले मधेशका असन्तुष्टीलाई काँग्रेसले गम्भिरतापूर्वक समाधानमा लागेको बताए । मधेशमा संविधानका बारेमा रहेका गलत धारणाको अन्त्यका लागि आफु मधेश दौडाहामा निस्किएको नेता पौडेलको भनाई थियो । कार्यक्रममा पूर्व केन्द्रिय सदस्य शोभाकर पराजुलीले गौतम बुद्धपछि नेपालमा विपि कोइरालालाई सम्झने गरेको भन्दै उनको सिद्धान्तमा अघि बढ्न कार्याकर्तालाई सुझाव दिए ।
नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका जिल्ला नेता, चितवनसहित विभिन्न जिल्लाका नेता, मकवानपुरका विभिन्न क्षेत्रका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

थप समाचार