२२ फागुन, हेटौँडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्षको मकवानपुर संगीत श्री सम्मान गायक तथा संगीतकार प्रमेन्द्र महर्जनलाई प्रदान गर्ने भएको छ ।
संगमको बुधबार बसेको बैंठकले लामो समयदेखि गीतसंगीतको माध्यमबाट मकवानपुरलाई योगदान दिंदै आएका महर्जनलाई सम्मान गर्ने निर्णय गरेको संगमकी उपाध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । उनलाई मकवानपुर संगीत श्री सम्मानका साथमा १० हजार नगद पनि प्रदान गरिने छ । महर्जन संगीत समाज मकवानपुरका अध्यक्ष हुन् ।
यसैगरी यस वर्षको शेषजंग स्मृति कथा पुरस्कार हेटौंडा–१८ हर्नामाडीमा रहेको ज्योति माविका विद्यार्थी महेश देवकोटाले पाउने भएका छन् । शिक्षासेवी डेन्टीजंग शाहले छोराको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
जिल्लाका सबै विद्यालयबाट कथा लेखन प्रतियोगिता गराई त्यसबाट उत्कृष्टलाई शेषजंग कथा पुरस्कार प्रदान गर्ने गरिएको छ । निर्णायक कमिटीको नजिता अनुसार कथातर्फको पुरस्कारमा देवकोटा छनोट भएको उपाध्यक्ष न्यौपानेले जानकारी दिइन् । उक्त पुरस्कारको राशी २ हजार ५ सय रहेको छ ।
यस्तै यस वर्षको णकुमारी स्मृति साहित्य पुरस्कार मकवानपुर गढी गाउँपालिकाको आमभञज्याङमा रहेको शारदा माविका छात्रा सरिता तिमल्सिनालाई प्रदान गरिने भएको छ । जिल्ला भरिका विद्यालयका छात्रा बीच भएको प्रतिष्प्रर्धाबाट तिमल्सिना छानिएकी हुन् । उनले पनि नगद २ हजार ५ सय प्राप्त गर्ने छिन् । उक्त पुरस्कार हास्यव्याङ्यकार आरसी रिजालले आमाको स्मृतिमा स्थापना गरेका हुन् ।
मकवानपुर श्री सम्मान र दुवै पुरस्कार फागुन २५ गते संगमले विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेर वितरण गर्ने उपाध्यक्ष न्यौपानेले जानकारी दिइन् ।
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...


-1782741482.jpg)















