Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मेला

Yash-Lama-1552219239.jpg

यश लामा

जब देखिन्छ रोटेपिङ
गरिब बाउको टाउको घुमिरहन्छ 
स्कुले छोराछोरीको अघिपछि ।

मौतका कुवा
पर्मबाट फर्किएकी आमाको 
घाँटी अठ्याउनेअस्त्र 
जो अल्झीबस्छ गलगाँठझै ।

जादु
आङ टकटकाएर धुलो झार्ने खेल 
जो छलिबस्छ आँखाको प्रकाश ।

स्टलहरू
खसीको टाउको झुण्डाएर 
कुकुरको मासु बेच्ने उपाय 
जो गरिबस्छ भद्दा विज्ञापन ।

कन्सर्ट
रूपमतिले रूप बिगारेर घर फर्कने इमोसन 
हातगोडाबीच हुने अनावश्यक घम्साघम्सी 
आँखाले गर्ने अघोषित युद्ध 
धनकुमारहरूको धन चङ्गा हुने समय 
जो रौनक हुन्छ मेलाको ।

खेलौनाहरू
भाँडाकुडी र माटो बिर्साउने कृतिम साधन 
रेडिमेड बुख्याँचा प्रतिको काँचो प्रेम 
सिर्जनाको अन्त्य 
जिभ्रोमा प्लास्टिक टाँसेर
खाएको भात 
जो आर्गनिक सपनाहरूको हत्यारा भएको छ ।

रेलगाडी
भुमरीको हावा
घुमाएर सात्तो खाने खोला 
कतै नपुर्‍याउने गन्तव्य 
रेमिट्यान्स बाहिर्‍याउने अब्बल षडयन्त्र ।

मिठाइका परिकार
झिँगाको पाइखाना
धुलोको सगरमाथा
पेट बिगार्ने रोग
जथाभावी कन्याएको हात बेच्ने दोकान 
सिँगान पुछ्ने रूमाल
जसले बनाएको छ जिन्दगी अमिलो ।

खुद्रा प्रदर्शनी
अक्षर बिर्साउने चरित्र 
भुरा रूवाउने गज्जबको चिमोटाइ 
इतिहास प्रतिको नमिठो व्यङ्ग्य 
मन भत्काउने भुइँचालो ।

यी जम्मै
आयतीत आकर्षण बाहेक 
अरू केही होइनन् ।

मेला
किन बिकृत हुँदैछ अचेल यसरी ।

गैरीखेत र टारीखेतको मेलाको सिकाइ 
माटोको छाती चिथोर्दा पाएको 
मङ्सिरे उपलब्धी 
कत्ति पनि बिकृत छैन बरू ।

आऊ बसेर हिसाब गरौँ
आजसम्म कुन मेलाको कोखबाट
कति संस्कारहरू जन्मिए ?


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार