२ चैत, हेटौंडा । मकवानपुरको माध्यमिक तह स्तरीय गजल प्रतियोगितामा बकैया गाउँपालिका–४ मा रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयका भीमबहादुर घोरासैनी सर्वोत्कृष्ट भएका छन् । ८ जना प्रतियोगीलाई पछि पार्दै घोरासैनीले मनमाया स्मृति गजल पुरस्कार जितेका हुन् ।
गजल मञ्च मकवानपुरले हरेक वर्ष प्रतियोगितात्मक कार्यक्रममार्फत सर्वोत्कृष्टलाई गजल पुरस्कार प्रदान गर्दै आएको छ । गजल मञ्च मकवानपुरले शनिबार १५३ औं नियमित गजल यात्रा तथा मनमाया स्मृति गजल पुरस्कार प्रदान गरेको हो । प्रतियोगितामा जिल्लाका कक्षा ९ देखि १२ कक्षासम्मका ९ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमध्ये उत्कृष्ट ३ गजल कार्यक्रममा बाचन गराई सर्वोत्कृष्ट छनौट गरिएको थियो । उत्कृष्ट ३ मा महेन्द्र माविकै छात्रा शर्मिला घलान र ब्रम्हदिक एकेडेमीकी छात्रा कृतिका लौडारी छनौट भएकी थिइन् ।
गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी स्वर्गीय हजुरआमाको स्मृतिमा गजल पुरस्कार स्थापना गरेका हुन् । २ हजार दुई रुपैयाँ राशीको पुरस्कार यसवर्ष घोरासैनीले जितेका हुन् । पुरस्कार संस्थापक गौतम, बरिष्ठ साहित्यकार तुल्सी थापा, मञ्चका अध्यक्ष देवराज तिवारीलगायतले प्रतियोगितामा सर्वोत्कृष्ट भएका घोरासैनीलाई पुरस्कार प्रदान गरिएको थियो । गजलकार विश्वनाथ सञ्जेल र सञ्जीत श्रेष्ठ निर्णायकको भूमिकामा रहेका थिए ।
कार्यक्रममा पुरुषोत्तम आचार्य, विश्वनाथ सञ्जेल, सञ्जीत श्रेष्ठ, सुनिल गौतम, चिरञ्जीवी लामिछाने, अनिश न्यौपाने भावना, रमेश बिडारी, मेनु तिमल्सिनालगायतले अप्रतियोगी गजल बाचन गरेका थिए । मञ्चका अध्यक्ष तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजाल, गीतकार तुल्सी घिमिरे, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, पुरस्कार संस्थापक दीपक गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

















