Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बकैया गाउँपालिकास्तरीय भेलामा कांग्रेसमा १५१ जना प्रवेश

Congress-Bhelaa1-1553342155.jpg

९ चैत, हेटौँडा । नेपाली कांग्रेस बकैया गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरि १ सय ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
शनिबार भएको कार्यक्रममा नेकपाका केशव सापकोटासहित नेकपा र राप्रपा परित्याग गरी १ सय ५१ जना कांग्रेसमा प्रवेश गरेको तरुण दल मकवानपुरका सचिव सचित थापाले जानकारी दिए । पार्टीका जिल्ला नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता एवं बकैया गाउँपालिका संयोजक भुमिनन्द गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपिलाल विक, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोइराला, संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, शिक्षा विभाग प्रमुख कृष्णप्रसाद दाहाल, तरुण विभाग प्रमुख अर्जुन तिवारी,  विद्यार्थी विभाग प्रमुख राजिव सुवेदी, जिल्ला सदस्य सुशान्त श्रेष्ठ, क्षेत्रीय सभापति एवं गाउँपालिका अध्यक्ष दामोदर खनाल, नगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण दल जिल्ला सचिव सचित थापा, तरुण दल मकवानपुरका प्रमुख सल्लाहकार निरञ्जनप्रसाद दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा विभिन्न वडाका निर्वाचित अध्यक्षहरु, नेपाली कांग्रेस तरुण जिल्ला सचिव सन्तोष सापकोटा, जिल्ला सदस्य राजु नेपाल, साधुराम कठायत, अजय सापकोटा, तरुण विभाग सदस्य कुमार पोखरेल, पार्टीका क्षेत्रीय तथा गाउँ तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
तरुण दलमा दिर्घ, महिला संघमा बिबिमाया
बकैया गाउँपालिकास्तरीय भेलाबाट दिर्घ लामाको अध्यक्षतामा १३ सदस्यीय तरुण बकैयाँ गाउँपालिका कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा हिमाल लुम्बा, सचिवमा चन्दै विक, कोषाध्यक्षमा जानुका कार्की रहेका छन् । त्यसैगरी, बिबिमाया जिम्बाको अध्यक्षतामा ११ सदस्यीय महिला संघ बकैया गाउँपालिकापालिका कार्यसमिति गठन भएको छ ।

Congress-Bhelaa2-1553342155.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार