Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सरस्वतीलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा प्रवेश

IMG_5901-1553611077.JPG

१२ चैत, हेटौँडा । हेटोँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको मंगलबार भएको  सरस्वती युवा क्लब र थ्रीस्टार क्लब बिचको खेलमा सरस्वती युवा क्लबलाई २–० गोल अन्तरले पाखा लगाउदै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 
हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा सरस्वती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
थ्रीस्टारलाई जिताउन खेलको २४ औं मिनेटमा विदेशी खेलाडी मान्साको गोलको थ्रीस्टारले खाता खोलेको थियो । त्यसैगरी थ्रीस्टारका डिफेन्डर पिटरले खेलको ६० औं मिनेटमा गोल गर्दै थ्रीस्टारले २ का विरुद्ध सुन्य गोल अन्तरले जीत सुनिश्चित गरेको हो । 
उत्कृष्ट गोल गरेसंगै थ्रीस्टारका पिटर खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद दशहजार रुपियाँ समेत हात पारे । थ्रीस्टारले जीतसँगै सेमिफाइनलमा क्यामरुनी क्लब दाफिन्ससँग भेट पक्का गरेको छ भने भोलि बुधबार पहिलो सेमिफाइनल खेल आयोजक मकवानपुर ११ र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ । 
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०र २० हजार प्रदान गरिनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ  ।

IMG_5907-1553611077.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार