१२ चैत, हेटौँडा । हेटोँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको मंगलबार भएको सरस्वती युवा क्लब र थ्रीस्टार क्लब बिचको खेलमा सरस्वती युवा क्लबलाई २–० गोल अन्तरले पाखा लगाउदै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा सरस्वती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
थ्रीस्टारलाई जिताउन खेलको २४ औं मिनेटमा विदेशी खेलाडी मान्साको गोलको थ्रीस्टारले खाता खोलेको थियो । त्यसैगरी थ्रीस्टारका डिफेन्डर पिटरले खेलको ६० औं मिनेटमा गोल गर्दै थ्रीस्टारले २ का विरुद्ध सुन्य गोल अन्तरले जीत सुनिश्चित गरेको हो ।
उत्कृष्ट गोल गरेसंगै थ्रीस्टारका पिटर खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद दशहजार रुपियाँ समेत हात पारे । थ्रीस्टारले जीतसँगै सेमिफाइनलमा क्यामरुनी क्लब दाफिन्ससँग भेट पक्का गरेको छ भने भोलि बुधबार पहिलो सेमिफाइनल खेल आयोजक मकवानपुर ११ र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०र २० हजार प्रदान गरिनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
७ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ । छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार...
७ बैशाख, हेटौंडा । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै...
७ बैशाख, हेटौंडा । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ । विद्यमान राजनीतिक व्यवस्था र संघीय...
७ बैशाख, हेटौंडा । गृह मन्त्रालयले आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडे कानुनबमोजिम कारबाही हुने राष्ट्रिय...
७ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून...
६ बैशाख, हेटौंडा । आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा...
६ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा चार दिने भाषण तथा उद्घोषण तालिमको आयोजना...
६ बैशाख, बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ। शनिबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ११...
६ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती,...
२४ चैत, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर २ गंगेभिरमा गुडिरहेको अटो...
२९ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा १६ मा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बिहीबार राति धरान चतरा...
५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको...
३० चैत, हेटौंडा ।हेटौंडामा बि लेवलको स्नोकर प्रतियोगिताको आयोजना गरिएको छ। हेटौंडा स्नोकर हाउसको आयोजनामा...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत ...
३१ चैत, हेटौंडा ।मकवानपुरको हेटौंडा १ मा रहेको हेटौँडा अस्पतालको नाम परिवर्तन गरिएको छ। आइतबार बिहान युवाहरूको...
२७ चैत, हेटौंडा। मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ। बुधबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया...
३१ चैत, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा १८ भक्तिचोकमा मोटरसाइकल र बस ठोक्किदा दुर्घटना...
२ बैशाख, हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा ...