१२ चैत, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको सहमहामन्त्रीमा मकवानपुरे नेता दिपकबहादुर सिंह मनोनित भएका छन् । राप्रपा केन्द्रीय कार्यालयद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा सिंहलाई सहमहामन्त्रीमा मनोनित गरिएको जनाईएको हो । उनीसंगै सहमहामन्त्रीमा अरु ५ जनालाई पनि सहमहामन्त्रीमा मनोनित गरिएको छ ।
राप्रपाका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम मौजुदा पदाधिकारीको संख्यामा थप गरी २५ जनालाई विभिन्न पदमा मनोनित गरेका छन् । जसमा दुई बरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, २ महामन्त्री, ३ प्रवक्ता, ६ सहमहामन्त्री, २ सहायक महामन्त्री, १ सहायक प्रवक्ता, १ केन्द्रीय सदस्य र १ प्रदेश अध्यक्ष रहेका छन् ।
राप्रपाको बरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ (धादिङ), राजिव पराजुली (पर्सा), उपाध्यक्षमा प्रेमबहादुर भण्डारी (बाँके), टंक ढकाल (भोजपुर(, नरेन्द्रबहादुर चन्द (बैतडी), तोरणबहादुर गुरुङ (स्याङजा), रोशन कार्की (ललितपुर), भिमप्रसाद गौचन (म्याग्दी) र महेशलाल महासेठ (सिरहा) मनोनित भएका छन् ।
त्यस्तै, महामन्त्रीमा रोजन्द्र लिङदेन (झापा) र धवलशम्शेर जबरा (बाँके), प्रवक्तामा सुशिल श्रेष्ठ (महोत्तरी), भुवन पाठक (काठमाण्डौं), निलकण्ठ काफ्ले (नवलपुर) रहेका छन् । सहमहामन्त्रीमा चन्द्रबहादुर गुरुङ (कैलाली), कुन्ति शाही (दैलेख), दिपकबहादुर सिंह (मकवानपुर), भक्तिप्रसाद सिटौला (झापा), अर्जुन राई (खोटाङ) र भरत रायमाझी (काठमाडौं रहेका छन् ।
राप्रपाको सहायक महामन्त्रीमा लिलादेवी श्रेष्ठ (इलाम) र मदनबहादुर कार्की (स्याङ्जा), सहायक प्रवक्तामा रमानन्द न्यौपाने (जुम्ला) मनोनित भएका छन् । प्रदिपकुमार उदय (रुपन्देही) लाई प्रदेश नम्बर ५ को अध्यक्ष र दईन्द्रबहादुर ठकुरीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको प्रचारविभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















