Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

दिपकबहादुर सिंह बने राप्रपाको सहमहामन्त्री (पुरा नामावलीसहित) 

Deepak-1553614129.jpg

१२ चैत, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको सहमहामन्त्रीमा मकवानपुरे नेता दिपकबहादुर सिंह मनोनित भएका छन् । राप्रपा केन्द्रीय कार्यालयद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा सिंहलाई सहमहामन्त्रीमा मनोनित गरिएको जनाईएको हो । उनीसंगै सहमहामन्त्रीमा अरु ५ जनालाई पनि सहमहामन्त्रीमा मनोनित गरिएको छ । 
राप्रपाका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम मौजुदा पदाधिकारीको संख्यामा थप गरी २५ जनालाई विभिन्न पदमा मनोनित गरेका छन् । जसमा दुई बरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, २ महामन्त्री, ३ प्रवक्ता, ६ सहमहामन्त्री, २ सहायक महामन्त्री, १ सहायक प्रवक्ता, १ केन्द्रीय सदस्य र १ प्रदेश अध्यक्ष रहेका छन् । 
राप्रपाको बरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ (धादिङ), राजिव पराजुली (पर्सा), उपाध्यक्षमा प्रेमबहादुर भण्डारी (बाँके), टंक ढकाल (भोजपुर(, नरेन्द्रबहादुर चन्द (बैतडी), तोरणबहादुर गुरुङ (स्याङजा), रोशन कार्की (ललितपुर), भिमप्रसाद गौचन (म्याग्दी) र महेशलाल महासेठ (सिरहा) मनोनित भएका छन् । 
त्यस्तै, महामन्त्रीमा रोजन्द्र लिङदेन (झापा) र धवलशम्शेर जबरा (बाँके), प्रवक्तामा सुशिल श्रेष्ठ (महोत्तरी), भुवन पाठक (काठमाण्डौं), निलकण्ठ काफ्ले (नवलपुर) रहेका छन् । सहमहामन्त्रीमा चन्द्रबहादुर गुरुङ (कैलाली), कुन्ति शाही (दैलेख), दिपकबहादुर सिंह (मकवानपुर), भक्तिप्रसाद सिटौला (झापा), अर्जुन राई (खोटाङ) र भरत रायमाझी (काठमाडौं रहेका छन् । 
राप्रपाको सहायक महामन्त्रीमा लिलादेवी श्रेष्ठ (इलाम) र मदनबहादुर कार्की (स्याङ्जा), सहायक प्रवक्तामा रमानन्द न्यौपाने (जुम्ला) मनोनित भएका छन् । प्रदिपकुमार उदय (रुपन्देही) लाई प्रदेश नम्बर ५ को अध्यक्ष र दईन्द्रबहादुर ठकुरीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको प्रचारविभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

थप समाचार