Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रहरीद्वारा विप्लव नेकपाका थप २१ जना पक्राउ

Nekapa-1553658384.png

१३ चैत, काठमाडौँ । प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । देशभरका विभिन्न जिल्लाबाट सोमबार राति र मंगलबार उनीहरू पक्राउ परेका हुन् ।

चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । 
चन्द समूहको ‘तमुवान जनपरिषद् संयोजक’ किसानसिंह गुरुङ मंगलबार पोखरा–२७ रिठेपानीबाट पक्राउ परेका छन् । मंगलबारै तनहुँ, व्यास–६ का अखिल नेपाल क्रान्तिकारी लमजुङ अध्यक्ष सुनील कुमाल, बन्दीपुर–५ का जिल्ला सदस्य अम्मरराज बुढामगर र व्यास १४ का दलित मोर्चा जिल्ला अध्यक्ष भेषबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर उनीहरूमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

यस्तै, पूर्वी नवलपरासीबाट चन्द समूहका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र जिल्ला सदस्य धनबहादुर मर्दर्निया पनि पक्राउ परेका छन् । दुवैलाई प्रहरीले सोमबार राति घरबाटै पक्राउ गरेको हो । अर्घाखाँचीको जिल्ला इन्चार्ज भएर काम गरेका ज्ञवाली नवलपरासी इन्चार्ज भएपछि खैरनीमा बस्दै आएका थिए । स्थानीयका अनुसार मर्दनियालाई उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । दुवैलाई कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस्तै, चन्द समूहका नवलपुर जनपरिषद् प्रमुख दानबहादुर आचार्य पनि मंगलबार पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका ४, सर्दीस्थित उनको घर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुम्मा गाउँपालिका ३ च्यांगेका विकास राई र साल्पासिलोछो गाउँपालिका २ कुलुङका महेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सञ्जय र महेन्द्र चन्द समूहका जिल्ला सदस्य हुन् भने विकास विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएको प्रहरीले जनाएको छ । सप्तरीमा चन्द समूहका जिल्ला सदस्य कञ्चनपुर नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेजनारायण यादव सोमबार पक्राउ परेका छन् ।
प्रहरीले इलामको सूर्योदय नगरपालिकाबाट नेकपाका कार्यकर्ता मोहन बराल र रोङ १ का राजकुमार खत्रीलाई पक्राउ गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट भूपेन्द्र चेम्जोङ पक्राउ परेका छन् । संखुवासभाको पाँचखाल नगर कमिटी इन्चार्ज भीम राई पनि पक्राउ परेका छन् । सुनसरीको इटहरी हलगडाबाट चन्द समूहका कार्यकर्ता रमेश खडकालाई प्रहरीले पक्राउ गरेको छ ।

साभार : कान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

थप समाचार