Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

दिव्यताराको सातौं सेवा केन्द्र बाँसपानीमा शुभारम्भ

IMG_7706-1553679421.JPG

१३ चैत, हेटौँडा । हेटौँडा–२ मा रहेको दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं सेवा केन्द्र मकवानपुरगढी वडा नम्बर २ बाँसपानीमा शुभारम्भ भएको छ । सेवा केन्द्रको बुधबार ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले शुभारम्भ गरेका हुन् । 
कार्यक्रममा बोल्दै नेता बानियाँले सहकारीले ग्रामिण भेगको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । समुदायमा सहकार्यको भावना अभिबृद्धिमा समेत सहकारीले योगदान गरेको भन्दै उनले बचत तथा ऋणको सेवा लिई आफ्नै गाउँमा बसेर आर्थिक उपार्जनको काम गर्न समेत स्थानीयलाई सुझाव दिए । 
सहकारीका कार्यवाहक अध्यक्ष डा. गणेश लामा बलको सभाध्यक्षतामा भएको कार्यक्रममा गढी वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रिन, जिल्ला बहुद्देश्यीय सहकारी संघकी सचिव शर्मिला डंगोल, चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोपालप्रसाद गौतम, व्यवसायी नवराज न्यौपाने, संस्थाका लेखासमिति संयोजक प्रकाश खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा वडा सदस्यहरु, सहकारीका पदाधिकारी, कार्यसमिति सदस्य, स्थानीय सहकारी संस्थाका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो । दिव्यताराले यसअघि पालुङ, राईगाउँ, हर्नामाडि, पदमपोखरी, मनहरी र सान्नानीटारमा सेवा केन्द्र संचालनमा ल्याईसकेको छ ।

IMG_7703-1553679538.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार