२५ चैत, हेटौँडा । प्रदेशसभा बैठकमा सोमबार एक विधेयक पारित भएको छ । त्यसैगरी, ४ विधेयक समितिमा दफावार छलफलका लागि गएको छ भने ३ विधेयक प्रदेशसभामा प्रस्तुत भएको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलद्वारा प्रस्तुत प्रदेशस्तरीय केही सार्वजनिक लिखित प्रमाणिकरण ऐन संशोधन गरेको विधेयक सर्वसम्मत पारित भएको छ । विधेयकमा संशोधन हालेकी प्रदेशसभा सदस्य सिता लामाले संशोधन फिर्ता लिएपछि सर्वसम्मत पारित भएको हो । त्यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलद्वारा प्रस्तुत प्रदेश सूचनाको हकसम्बन्धी विधेयक र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी संशोधन प्रदेश मामिला समितिमा दफावार छलफलका लागि सर्वसम्मत पठाईएको छ ।
त्यसैगरी, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलद्वारा प्रस्तुत कर तथा गैरकर राजस्वसम्बन्धी संशोधन विधेयक अर्थ तथा विकास समितिमा र सामाजिक विकास मन्त्री युवराज दुलालद्वारा प्रस्तुत प्रदेश बालबालिका सम्बन्धी विधेयक स्वास्थ्य तथा कृषि समितिमा दफावार छलफलका लागि पठाईएको छ ।
बैठकमा कृषि तथा भूमि व्यवस्था मन्त्री दावादोर्जे लामाद्वारा प्रस्तुत प्रदेश विउ विजन सम्बन्धी विधेयक, प्रादेशिक कृषि व्यवसाय सम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालद्वारा प्रादेशिक व्यापार सम्बन्धी विधेयक प्रस्तुत भएको छ । अघिल्लो बैठकको विशेष समयमा उठाएको प्रश्नको मूख्यमन्त्री डोरमणी पौडेलले जवाफ दिएका थिए । बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















