२६ चैत, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानीको टुंगो कहिले लाग्ने भनेर प्रश्न गरेका छन् ।
मंगलबार प्रदेशसभाको विशेष समयमा बोल्दै उनीहरुले राजधानको टुंगो लगाउन आलटाल नगर्न समेत सचेत गराएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलले राजधानी बारेको अन्यौलताले जनताले प्रदेश सरकारलाई गिज्याईरहेको बताईन् । उनले दुईतिहाई नेतृत्वको सरकारलाई राजधानी तोक्न के कुराले छेक्यो भनेर प्रश्न गरिन् । लामो समयको अन्यौलतापछि प्रदेश सदस्यको दवावबीच राजधानीको विषयले प्रवेश पाएको भन्दै उनले फेरि किन ढिलाई भएको भन्नेबारेमा आफुहरु अन्यौलमा रहेको बताईन् । उनले ९ दिनमा नौलो, २० दिनमा विर्सियो भन्ने नेपाली उखान चरितार्थ नगर्न समेत सचेत गराएकी छिन् । उनले राजधानीको विषय अघि बढ्ने हो भने प्रतिपक्ष फरक ढंगले प्रस्तुत हुनुपर्ने चेतावनी दिईन् ।
त्यसैगरी, सत्तापक्षीय प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले प्रदेशसभाको अधिकार प्रयोग गर्दै राजधानी तोक्नुपर्नेमा जोड दिए । अर्का प्रदेशसभा सदस्य ओमबहादुर ग्लानले प्रदेशको राजधानीसंग नामाकरण समेत टुंगो लगाउनुपर्नेमा जोड दिंदै नाम भने नेवा–ताम्सालिङ हुनुपने बताए । त्यस्तै, प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले पनि राजधानी र नाम टुंगो लगाउन ढिलाई गर्न नहुने बताए ।
प्रदेशसभाको चैत १७ गतेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानीको टुंगो लगाउन उद्देश्यले कार्यविधि तय गर्न समिति गठन गर्ने व्यहोरा सुनाएका थिए । तर त्यसपछि कुनै पनि काम अघि नबढेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षीय प्रदेशसभा सदस्य समेत रुष्ट छन् । सत्तापक्ष र प्रतिपक्षसंग समन्वय गरी समिति गठन गर्ने रणनीतिमा रहेका श्रेष्ठले सत्तापक्षबाट ‘ग्रिन सिग्नल’ नआउँदा प्रक्रिया अघि बढाएका छैनन् ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

















