Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

जन्तालाई विभेद गरे देशमा अर्को बिद्रोह जन्मिनेःमन्त्री जमकट्टेलले

IMG_6541-1554905369.JPG

२७ चैत, हेटौँडा । प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले नाम चलेका मिडिया तथा सरकारी मिडियाका मै हु भन्ने पत्रकारहरुले लेख्नु पर्ने कुरा नलेखेर खालि मन्त्रीले कति तेल खायो कति खाजा खायो भन्ने मात्र समाचार लेख्ने गरेको बताउदै अब मिडियाले सरकारी कार्यालयमा अनुगमन गरी कार्यालयमा हुने भष्ट्रचारको पर्दाफास गर्नुपर्ने समय आएको बताएका छन । 
हेटौँडा ५ सानोपोखरामा रहेको रेडीयो बुलेटिनले आयोजना गरेको मानब बेचविखन र ओसारपसार विरुद्ध भएका प्रयास तथा चुनौतिहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जमकट्टेलले  जन्तालाई कुनै पनि क्षेत्रमा सेवा लिन र दिनबाट विभेद गरे देशमा अर्को बिद्रोह  जन्मिन बताए । 
उनले सेवा लिन चप्पल लगाएर सरकारी कार्यालयमा आउने जन्तालाई ठग्न नमिल्ने भन्दै सबैभन्दा बढि काममा विभेद गरिने जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, मालपोत कार्यालय सहित अन्य कार्यालयमा हुने विभेद र भष्ट्रचारलाई सरकारी होस या अन्य मिडियाले पर्दाफास गर्नुपर्ने बताए ।
‘जन्तासंग कर लिने अनि जनताको कामलाई बेवास्ता गर्दै विप्लव समुहलाईचन्दा  दिने’ यो कस्तो सेवा हो मन्त्री जमकट्टेलले बताए । 

रेडीयो बुलेटिनका अध्यक्ष अनिल खातुनको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले मानब बेचविखन र ओसारपसार मौलाउदै गएको भन्दै त्यस्ता कार्यको न्युनिकरणमा लाग्ने सबैलाई अनुरोध गरेका छन ।
कार्यक्रममा मानब बेचविखन र ओसारपसार विरुद्धको संजालकी संयोजक आरती पाठक , सिविन मकवानपुरका झबिन्द्र  ज्ञवाली, गैसस महासंघ मकवानपुरका बुद्ध शरण लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक अनिश बुढाथोकी लगायतले आ आङ्खनो मतहतका कार्यलयबाट मानब बेचविखन र ओसारपसार विरुद्ध हुने गरेका क्रियाकलाप र त्यसको उपलब्धिताको बारेका प्रस्तुतिकरण गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

थप समाचार