Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

प्रदेश योजना आयोगले साता निजी क्षेत्रहरुसंग अन्तरक्रिया गर्ने

IMG_6549-1554911117.JPG

२७ चैत, हेटौँडा । प्रदेश नम्बर –३ सरकारले प्रदेशमा निजी क्षेत्रको लगानी भित्र्याउनका र निजी क्षेत्रको भुमिका प्र्रर्वद्धनका लागि साता निजी क्षेत्रहरुसंग अन्तरक्रिया गर्ने भएको छ । 
प्रदेश नम्बर ३ सरकार प्रदेश नीति तथा योजना आयोगले बुधबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै प्रदेशको विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका प्रर्वद्धन गर्ने लगायतका उद्धेश्यले प्रदेश सरकारले आउँदो वैशाख ६ र ७ गते चितवनको भरतपुरमा ७ निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुसंग अन्तरक्रिया कार्यक्रम गर्न लागेको जानकारी गराएको हो । 
पत्रकार भेटघाटमा प्रदेश नीति तथा योजना उपाध्यक्ष डाक्टर खिमलाल देबकोटाले आयोगले तुलनातमक लाभका ५ वटा विकासमा क्षेत्र पहिचान गरी विकासका कि ड्राइभर  सहित नेपालकै निजी क्षेत्र संग भएको रकम प्रदेश ३ मा लगानी गरेर काम गर्ने उद्धेश्यले लगानी सम्मेलन गर्न लागिएको बताए । 
पुर्व प्रधानमन्त्री तथा पुष्पकमल दाहालले उदघाटन गर्ने कार्यक्रममा  प्रदेश ३ सरकारका मुख्यमन्त्री, विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरु, सभाभुख, उपसभामुख, सभासदज्यूहरु, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु,१३ जिल्लाका उद्योगी व्यवसायीहरु  लगायत  निजी क्षेत्रका लगानिकर्ताहरु समेत गरी करिव १ सय ५० जनाको उपस्थित रहने अनुमान गरिएको देबकोटाले जानकारी दिए । 
त्यसैगरी कार्यक्रममा बोल्दै आयोगका सदस्य डा. रामचन्द्र  ढकालले आयोगको प्रदेश ३ को पहिलो आवधिक योजना ( २०७६।७७ देखि २०८०।८१ को आधारपत्रमा उल्लेख गरिएको गुणस्तरीय पुर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच क्षेत्रमा लगानी केन्द्रीकृत गर्ने योजना रहेको भन्दै योजना अवधिका लागि कुल स्थिर लगानी रु ३२ खर्व ३७ अर्व आवश्यक हुने प्रक्षेपण आधारपत्रमा उल्लेख गरिएको बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार