३ बैशाख, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले यही बैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । नेपाली काँग्रेसले मंगलबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी बैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान संचालन गर्ने घोषण गरेको हो ।
सरकारले संघीयताको मर्म अनुसार काम गर्न नसकेको कुरा आम जनतालाई जानकारी दिन राष्ट्रिय जागरण अभियान संचालन गर्न लागिएको पार्टीका उपसभापति विमलेन्द्र निधिले बताए ।
तीन चरणमा संचालन हुने राष्ट्रिय जागरण अभियान अन्तरगत पहिलो चरणको एक महिने कार्यक्रम ७७ जिल्लामा हुनेछ । त्यसैगरी दोस्रो चरणको कार्यक्रम भदौं २३ गतेदेखि असोज ७ गतेसम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा संचालन हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुसको दोस्रो साता सबै पालिकामा हुने पनि काँग्रेसले जनाएको छ ।
वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउन नसक्ने कुरा पनि आम पार्टी पंक्ति र जनतालाई सूसुचित गराउन सो राष्ट्रिय जागरण अभियान संचालन गर्नु परेको उपसभापति निधिको भनाई छ ।
काँग्रेसले उक्त अभियानलाई प्रभावकारी बनाउन विघटित नेपाल विद्यार्थी संघलाई ब्यूताउने तथा तरण दलको तदर्थ समितिलाई पूर्णता दिने पनि स्पष्ट पारेको छ ।
उपसभापति निधिले उक्त राष्ट्रिय जागरण अभियानलाई सफल बनाउन नेविसंघ र तरुण दललाई पनि वैधानिकता दिएर अभियानमा सहभागी गराउने पनि स्पष्ट पारे ।
नेपाली काँग्रेसले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले मुलुकलाई अघि बढाउन नसकेको निष्कर्ष निकाल्दै त्यसबारे जनतालाई सचेत गराउने भन्दै राष्ट्रिय जागरण अभियान संचालन गर्न लागेको हो ।
उपसभापति निधिले राष्ट्रिय जागरण अभियानको क्रममा पार्टीको नीति, कार्यक्रम र भावी योजनाबारे पार्टीका आम पंक्तिलाई जानकारी गराउने उद्देश्य रहेको पनि बताए ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















