Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सांसदहरुको माग : राजधानीको विषय तत्काल आउनुपर्यो

File-Samsad-Photo-1555493510.jpg

४ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशसभाका सांसदहरुले प्रदेशको स्थायी राजधानी बारेको विषय किन नआएको भन्दै प्रश्न गरेका छन् । 
बुधबार बसेको बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले राजधानीको विषय छिटै टुंगो लगाउनुपर्ने बताएका हुन् । बैठकमा प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले प्रदेश सरकार भुमरीमा परेको भन्दै प्रदेशसभाले आफ्नो अधिकार प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले संवैधानिक व्यवस्था अनुसारको प्रदेशको स्थायी राजधानीको निर्णय गर्ने अधिकार प्रदेशसभालाई रहेको भन्दै यसको प्रयोग गर्नुपर्ने उनको भनाई थियो । उनले प्रदेश सरकार राजधानीको विषयमा यति लामो समयसम्म अलमलिएको भन्दै आचोचना गरे । 
सांसद जीवन डंगोलले राजधानी अध्ययन विशेष समितिको प्रतिवेदन तयार भएको ७ महिना वितिसक्दा पनि यसबारे निर्णय गर्न नसकेको भन्दै आपत्ति जनाईन् । उनले गणितीय आधारमा दुई तिहाई भएपनि सरकारको पराजित मानसिकताका कारण राजधानीको विषय अघि नबढेको भन्दै यही हिउँदे अधिवेशनबाट यसको निर्णय गर्न ध्यानाकर्षण गराईन् । 
प्रदेशसभा बैठकमा सांसद जगत सिंखडा र ईन्द्रमाया गुरुङले योजना सम्झौतामा ढिलाई भईरहेको र यसले विकास प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै, सांसद कल्पना नेपालीले प्रदेश सरकारले समेत दलित समुदायलाई अवमूल्यन गरेको गुनासो गरिन् । उनले प्रदेश सरकारको मन्त्रीमण्डलदेखि विषयगत समितिका सभापतिहरुसम्मको नेतृत्वमा दलितलाई उपेक्षा गरेको भन्दै समावेशी अवधारणा अवलम्बन गर्न सुझाव दिईन् । 
प्रदेशसभा बैठकमा सांसदहरुले विद्यालय भर्ना अभियान, विकासदेखि बाँदरका समस्याका बारेमा समेत आफ्नो धारणा राखेका थिए । पहिलो पटक शुन्य समयको व्यवस्था गरेर क्रम संख्या ३६ सम्मका प्रदेशसभा सदस्यहरुलाई बोल्ने व्यवस्था मिलाएकोमा १४ जनाले मात्रै आफ्नो धारणा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार