Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेशसभामा मूख्यमन्त्रीका स्वकीयको हिनामिनादेखि राजधानीसम्मको चर्चा

Pradesh-Photo-1555588553.JPG

४ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशसभामा विहिबार मूख्यमन्त्री डोरमणी पौडेलका स्वकीय सचिवको हिनामिनादेखि राजधानीसम्मको विषयले चर्चा पाएको छ ।
प्रदेशसभाको शुन्य समयमा बोल्दै २९ सांसदहरुले आफ्नो क्षेत्रको समस्याका साथै समसायिक विषयमा आफ्नो धारणा राखेका थिए । शुन्य समयमा बोल्दै सांसद न्हुच्छेनारायण श्रेष्ठले ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले भ्रष्टाचारप्रति शुन्य सहनशिलताको प्रतिवद्धता जनाउने गरेपनि उनकै स्वकीय सचिव अनुप पौडेल संलग्न गैरसरकारी संस्थाले अनियमितता गरेको समाचार बाहिर आएको बताएका थिए । चेपाङ बाहुल्य क्षेत्रमा विद्यालय बनाउने नाममा भएको अनियमिताको सत्यतथ्य बाहिर ल्याउन सार्वजनिक लेखा समितिका सभापति समेत रहेका श्रेष्ठले माग गरेका थिए । 
उनले अस्थायी राजधानीको मानसिकता सरकारमा पनि रहेको भन्दै विकासमा समेत यस्तै मानसिकताले काम गरेको बताए । उनले एकातर्फ विकास बजेट खर्च नहुने र अर्कोतर्फ विकासको आशामा जनता रहने अवस्थाको अन्त्यका लागि यथाशिघ्र बजेट कार्यान्वयनका लागि ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 
प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले स्थायी राजधानीको टुंगो छिटो लगाउनुपर्ने माग राखे । त्यस्तै विजया श्रेष्ठ केसीले प्रदेश सरकारले विभिन्न विषयमा पुस्तक प्रकाशन गरिरहेको भन्दै मितव्ययीताका लागि यसको सट्टा ई–लाईब्रेरीको व्यवस्था गर्नु जरुरी रहेको बताईन् । सांसद रमेश पौड्यालले ललिता निवासको जग्गा खरिद गर्नेलाई क्षतिपूर्ति दिनुपर्ने विषयलाई व्यंग्य गरेका थिए ।
प्रदेशसभा सदस्यहरु सुरेन्द्रराज गोसाई, रत्न ढकाल, प्रदिपकुमार कटुवाल केसी क्षेत्री लगायतले राजधानीबारे छिटै टुंगो लगाउनुपर्ने माग गरेका थिए । त्यस्तै, सांसद रजनी अमात्य जोन्छेले भक्तपुरमा खानेपानीको समस्या समाधान र बाहिरि चक्रपथको नक्सा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएकी थिईन् । 
सांसद राधा घलले प्रदेशसभामा संघीय सरकारका गतिविधिबारे उठेका प्रश्नहरुको रेकर्ड संघीय सरकारलाई उपलव्ध हुने व्यवस्था मिलाउन र मन्त्रीहरुको जवाफ दिने शैली सुधार्नुपर्नेमा जोड दिएकी थिईन् । प्रदेशसभा सदस्यहरुले विकास बजेट अहिलेसम्म कार्यान्वयनमा नआएको भन्दै असारमा बजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार