Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन 

KE8ZRovLt66SoaS7QpDr-1555634824.jpg

६ वैशाख, हेटौँडा । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिकरुपमा विहिबारबाट नेपालगञ्जमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहका विच विहिबार उद्धघाटन गरिन । 
उद्धघाटन कार्यक्रममा सम्बोन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय खेलकुद प्रतियोगिताले पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेलकुदको विकासमा सरकारले यथेस्ट लगानी गर्नुपर्ने बताएकी छन् ।
प्रदेश नम्बर–५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार नेपालगन्जमा उद्घाटन गर्दै उनले खेलाडीहरुले आफ्नो वृत्ति विकाससँगै शैक्षिक क्षेत्रमासमेत ध्यान दिने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले विद्यालय तहदेखि नै खेलकुदको स्तर बढाउन सकेमात्र अन्तर्रा्ष्ट्रिय खेलकुद एरिनामा नेपालले दरिलो उपस्थिति जनाउन सक्ने उल्लेख गरिन् । उनले खेलाडीहरुलाई खेलकुदको मान राख्न पनि आग्रह गरिन् ।
प्रतियोगिता गएको चैत २७ गतेदेखि चलिरहेको भएपनि उद्घाटन बाँकेको नेपालगन्ज रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुकीमात्र गरेकी हुन् । उद्घाटनमा विभिन्न भाषा र संस्कृति झल्किने सांस्कृतिक झाँकी प्रस्तुत् गरिएको थियो ।
यही वैशाख ११ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ३५ खेल समावेश गरिएको छ । मुलुकका सात प्रदेश, तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी तथा गैरआवासीय नेपालीहरुको गरी ११ टोलीका ५ हजार २११ खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा समान ३७२ स्वर्ण र रजतपदक तथा ५६३ कास्यपदकका लागि भिडन्त भइरहेको छ । व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामूहिकतर्फको विजेताले ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
आयोजक प्रदेश–५ भएपनि पूर्वाधार अभावका कारण बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कास्की, ललितपुर र काठमाडौं गरी ८ जिल्लामा खेलहरु भइरहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार