सुनिल शिवाकोटी
६ बैशाख, हेटौँडा । प्रदेश नम्बर ३का सभामुख सानुकुमार श्रेष्ठले परदर्शीता नभई नहुने भन्दै पारदर्शीताले भष्ट्राचार नियन्त्रण हुने बताएका छन । प्रदेश नम्बर ३ मामिला समितिको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा शुक्रबार हेटौँडामा सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकका सम्बन्धमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम बोल्दै सभामुख श्रेष्ठले पारदर्शीता भएन भने मुलुक चल्न नसक्ने भन्दै त्यस कार्यका लागि मिडिया भुमिका उल्लेखनीय भएको बताए । उनले मिडियाले हरेक क्षेत्रमा सचेत गराउन सक्ने भन्दै सुचना लिने र दिने व्यवस्थाले शुसासन र आर्थिक समृद्धी ल्याउने र पारदर्शीताले भष्ट्राचार नियन्त्रण हुने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले हचुवाका भरमा विद्येयक नल्याएको भन्दै विधेयक छलफलको क्रममा रहेको र छलफलका क्रममा आएका सुझावहरू महत्वपूर्ण भएको बताउँदै संविधानले ग्यारेन्टी गरेको सूचनाको हक सर्वसाधारणको पाउनुपर्ने बताए । उनले छलफलबाट आएको सुझावलाई विद्येयकमा समावेश गरी पूर्णता दिने बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले संविधानमा ग्यारेन्टी भएको सुचनाको हक जन्ताले पाउन नसक्नु भनेको बन्द समाजतर्फ फर्कनु जस्तै भएको भन्दै जनताको सु–सुचित हुने अधिकारलाई बन्देज लाउन नमिल्ने बताइन् ।
त्यसैगरी कार्यक्रममा बोल्दै प्र्रदेश सदस्य राजेन्द्र पाण्डेले सुचनाको महत्व व्यापक रहेको भन्दै भष्ट्राचार नियन्त्रणका लागि सुचना प्रभावकारी रहेको बताए । त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा मुख्य सचेतक रामेश्वर फुयाँलले वर्तमान केन्दि«य तथा प्रदेश सरकारलाई धन्यवाद दिदै विधेयक संसोधनका लागि हर्तार नर्गन आग्रह गरे । त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश सरकारका मुख्य सचिव आनन्दराज ढकालले सुचनाको हकका लागि पुनरावेदनका गर्न सकिने कुरालाई पुनःविचार गर्न आग्रह गर्दै दण्डताको कुरामा लचक हुन पर्ने बताएका छन ।
कार्यक्रममा सूचनाको हक सम्बन्धी अभियानका अभियान्ता एवम् पत्रकार गिरिजा अधिकारीले सुचनाको हक सम्बन्धि विधेयक ल्याएकोमा कानुन मन्त्री र मन्त्रालयलाई धन्यवाद दिँदै त्यसमा संशोधन नगरी नहुने महत्वपूर्ण सुझावहरु दिएका थिए । त्यसैगरी सुचनाको हक नागरिकको अभियानका संयोजक एवं पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी पोष्टराजले विधेयकमा सुचनाको हक सम्बन्धी अधिकारलाई समावेश गरी संमसोध गरिनुपर्ने बताउदै प्रदेशसभामा प्रस्तुत भएको विधेयकका कमजोरी र आवश्यक सुधार गर्नुपर्ने विषयलाई मनन गर्न सरोकारवालालाई आग्रह गरेका थिए ।
त्यसैगरी कार्यक्रममा प्रदेश संसद रमेश पौडेल,विधया केशी श्रेष्ठ लगायत पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष हरी हुँमागाईले प्रस्तावित विधयकका भएका कमजोरीलाई सुधार्नु पर्ने भन्दै सुचनाको हकलाई प्रदेश सरकारले ल्याउने विधेयकले ग्यारेन्टी गर्नु पर्ने बताए ।
प्रदेश नम्बर ३ मामिला समितिका अध्यक्ष माधव प्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मी तथा प्रदेश सदस्यहरुले विधेयका बारेमा आ– आफ्नो धारण राखेका थिए ।
केही दिनअघि सूचनाको हक सम्बन्धी नागरिक अभियानताका संयोजक कुमार अधिकारी सहितको टोलिले मकवानपुरले प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ,आन्तरिक मामिला तथा कानूनमन्त्री शालिक राम जम्मकट्टेल र प्रदेश मामिला समितिका सभापति माधव पौडेललाई प्रदेशसभामा प्रस्तुत भएको सूचनाको हक सम्बन्धी विद्येयकमा भएका प्रावधानहरु संशोधन गरीनु पर्ने विवरण उल्लेख गरी ज्ञापनपत्र बुझाएको थियो ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
















