Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वर्तमान भ्रष्ट सरकार ५ बर्ष पुरा टिक्न मुस्किल : गुरुङ 

Gurung-1555775216.jpg

७ बैशाख , हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले वर्तमान के पि ओली नेत्तृत्वको दईतिहाईको कम्युनिष्ट सरकार नेपालको इतिहासमै सबैभन्दा भ्रष्ट सरकार रहेको आरोप लगाएका छन ।
शनिबार कांग्रेस मकवानपुर ४ नम्बर क्षेत्रीय समितिको सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले अहिलेको कम्युनिस्ट सरकार वाईड बडि बिमान, बुढी गण्डकी, फोरजीसहितको काण्डै काण्डमा मुछिएको भन्दै दईतिहाईको कम्युनिष्ट सरकार नेपालको इतिहासमै सबैभन्दा भ्रष्ट सरकार रहेको आरोप लगाएका हुन । 
उनले दुईतिहाईको सरकारले जनताको रगत पसिना चुसेर नपुगेर  हत्याहिंसा, बलत्कार महंगी र चरम भ्रष्टाचारमा फसेको भन्दै अब ५ वर्ष पनि टिक्न मुस्किल रहेको बताए ।
कांग्रेस प्रदेश ३ संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले अहिलेको कम्युनिष्ट सरकारले गरेको चरम भ्रष्टाचार, महंगीलगायतका विषयहरु जनताले जान्न पाउने अधिकार रहेकाले कम्युनिष्ट सरकारको गलत काम भन्डाफोर गर्ने समय आएको बताए । नेता बानियाँले कांग्रेस अब जागरण अभियान लिएर गाउँरगाउँ जाने बताए । सरकारी जग्गा बाँकी नराख्ने कम्युनिष्ट सरकारका प्रतिनिधिहरुले जनताको मर्म भावना र विश्वास अनि जनताले चाहेको कुरा पुरा गर्न नसक्ने बानियाँको दावि थियो । 
कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षता भएको कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पार्टी सचिव बुद्ध लामा, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ्ग, जिल्ला सल्लाहकार उमा दाहाल, १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईं, ४ नम्बर क्षेत्रीय उपसभापति नुरोज पौडेल, मनहरी गाउँपालिका संयोजक भरत पराजुली, नेविसंघ मकवानुर अध्यक्ष राजु खतिवडा, नवप्रवेशीद्वय राजेन्द्र कालाखेती, सुमन प्रजाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम मार्फत राप्रपा र नेकपा परित्याग गरि ५३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार