८ वैशाख, हेटौँडा । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं खेलमा दिल्ली क्पायिटल्सले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको छ ।
जितका लागी दिल्लीका कप्तान श्रेयस अय्यर र शिखर धवनको अर्ध शतकिय पारी पनि महत्वपूर्ण रह्यो ।
टस जितेर पहिले फिल्डिङ गरेको दिल्लीले पञ्जाबबाट १६४ रनको विजयी लक्ष्य पाएको थियो । दिल्लीका लागि शिखर धवनले ५६ रन बनाए भने कप्तान श्रेयस अय्यरले ५८ रन बनाए । टिमका लागी ओपनर पृथ्वी शले १३ रन बनाउँदा कोलिन इन्ग्रामले १९ रन बनाए ।
१ सय ६४ रनको लक्ष्य पछ्पाएको दिल्लीले २ बल अगाडी ५ विकेटको क्षतिमा पुरा गरेको हो । पन्जावका लागि हार्डस विलोजेनले २ र मोहम्मद शामीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलाभेन पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । पञ्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । त्यस्तै मन्दीप सिंहले ३० रन बनाउँदा रविचन्द्रन आश्विनले १६ तथा हरप्रीतले २० रन बनाए ।
दिल्ली क्यापिटल्सका लागि नेपाली स्पिनर सन्दीप लामिछानेले महत्वपूर्ण ३ विकेट लिए । चार ओभरमा ४० रन खर्चिए पनि उनले क्रिस गेलसहित पञ्जाबका महत्वपूर्ण तीन विकेट लिएका हुन् । त्यस्तै दिल्लीका लागि कागिसो रबाडा र अक्षर पटेलले समान २–२ विकेट लिए ।
१० खेलमध्ये ६ खेलमा जित हात पारेको दिल्ली क्यापिटल्स १२ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । यस्तै चेन्नई ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंकका साथ शीर्ष स्थानमा छ । मुम्बई १० खेलमा ६ मा जित र ४ मा हारका दोस्रो स्थानमा छ
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















