Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सहमति तोडेकाले प्रदेशसभाको आगामी बैठक चल्दैन : बानियाँ

Indra-Baniya-1555947377.jpg

९ बैशाख, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेशसभाको आगामी बैठक चल्न नसक्ने चेतावनी दिएका छन् ।
प्रदेश सरकारले हिउँदे अधिवेशनभित्र राजधानीको टुंगो लगाउने सहमति चैत १७ गतेको कार्यव्यवस्था परामर्श समितिमा गरेपनि सहमति तोडेकोले कांग्रेसले आगामी बैठक चल्न नदिने नेता बानियाँले बताए । हिउँदे अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णय अनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले अधिवेशन अन्त्य गरेपछि बानियाँको यस्तो धारणा बाहिर आएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिसद्को सिफारीसमा उनले नेपालको संंविधानको घारा १ सय ८३ को उपधारा २ अनुसार अधिवेशन अन्त्य गरेकी छिन् । प्रदेशसभाको हिउँदे अधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ ।
कांग्रेसको दवावमा प्रदेशको स्थायी राजधानीको निर्णय गर्न कार्यविधि तयार गर्ने समिति गठनको सहमति भएको थियो । सोही अनुसार प्रदेशसभामा सभामुख सानुकुमार श्रेष्ठले यसबारे जानकारी गराएका थिए । त्यसपछि यसबारे कुनै प्रक्रिया अघि नबढेपछि कांग्रेस सांसदहरुले पटक पटक तत्काल समिति बनाउन र प्रक्रिया अघि बढाउन सभामुखलाई आग्रह गरेका थिए । 
‘सहमतिलाई लत्याई सभामुख, सांसद र सार्वभौम संसदलाई झुक्याएर अधिवेशन अन्त्य गरिएको छ ।’–बानियाँले भने–‘सहमति तोडेकाले कांग्रेसले संसद अघि बढाउन दिन सक्दैन ।’ प्रतिपक्ष दलको नेता बानियाँले जनताको माग, संवैधानिक प्रावधानलाई सरकारले लत्याउनु दुर्भाग्य भएको भन्दै उनले गल्ति नसच्चिए संसद अघि बढ्न नसक्ने बताए । हिउँदै अधिवेशनमै राजधानीको टुंगो प्रक्रिया अनुसार लाग्ने सत्तारुढ दलका संसदीय दलका नेता समेत रहेका मूख्यमन्त्री डोरमणी पौडेलले संसदमा जानकारी गराएपछि अहिले झुक्याएको बानियाँको भनाई छ । जनताको हितमा काम नगर्नेले सत्तामा बस्नुको कुनै औचित्य नरहेको समेत उनको भनाई छ । हिउँदे अधिवेशन अन्त्य गरेर मूख्यमन्त्री पौडेल चीन भ्रमण निस्कनु गैरजिम्मेवारपूर्ण कार्य भएको कांग्रेसको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार