Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

दुईतिहाईको सरकार दम्भले मातियोः  कांग्रेस नेता पाण्डे 

58614690_579947029162613_-1556367378.jpg

१४ बैशाख, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा प्रमुख प्रतिपक्ष  दलका नेता सुरेन्द्र पाण्डेले अहिलेको वर्तमान ओलि सरकार दुईतिहाईको दम्भले मातिएको यो कम्युनिष्ट सरकारबाट नेपालमा समृद्धि  आउनु भनेको दिवा सपना भएको बताएका छन । 
कांग्रेस २ नम्बर क्षेत्रीय समितिको आयोजनामा भएको क्षेत्रिय भेलालाई शनिबार भीमफेदीमा सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले यो कम्युनिष्ट सरकारबाट नेपालमा  समृद्धि  आउनु भनेको दिवा सपना भएको बताएका हुन । 
 कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले अहिलेको सरकार दिनप्रतिदिन दुईतिहाईको बल र दम्भमा अगाडि बढिरहेकोले आरोप लगाउदै कांग्रेसीजनहरुले अब गाउँ गाउँमा पुगेर कांग्रेसले गरेका महत्वपूर्ण विकासनिर्माण देशप्रति तथा गरेको योगदान र निर्णयहरु जनतामा र्पुयाउन आग्रह गरेका छन 
त्यसैगरी भेलामा बोल्दै गर्ने क्रममा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसले अब अहिलेको कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलापका बारेमा  गाउँजागरण अभियान लिएर गाउँरगाउँ जानुपर्ने बताईन । 
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस अब कम्युनिष्ट सरकारले आडमा भईरहेको भष्ट्राचार, हत्या हिसां र अराजक गतिविधिको भण्डाफोर गर्न यही बैशाख २५ गतेबाट गाउँमा जागरण अभियान लिएर जाने बताए।  नेता बानियाँले बोल्दै दुई कम्युनिष्ट मिलेर देश र जनतालाई कर र महङगी भन्दा केहि पनि नदिएको बताए । 
 कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको सभाध्यक्षता भएको कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, जिल्ला सल्लाहकारद्वय उमा दाहाल र जयराम लामिछाने, जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य सूर्यबहादुर रुम्बा, जिल्ला सदस्य एवं थाहा नगरपालिकाका उपमेयर खड्गबहादुर गोपाली, कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, कांग्रेस ईन्द्रशरोबर गाउँपालिका संयोजक एवं जिल्ला सदस्य जमानसिं वाईबा, सचिव सूर्य लामा, नेपाल तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेलेमन्तव्य व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा जिल्लाका नेता, कार्यकर्ता तथा क्षेत्रीय कार्यसमिति, पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा राप्रपा र नेकपा परित्याग गरि ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गराएका छन । 
    
 

58711545_2283491051715591-1556367378.jpg
58784864_396111390988946_-1556367379.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार