Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

तरुण दल मकवानपुरले बुझायो प्रजिअ मार्फत प्रम ओलिलाई  ध्यानाकर्षण पत्र

59383989_803408330045375_-1556453951.jpg

१५ बैशाख, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले जनताको स्वतन्त्रपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार खोस्दै जनता र राष्ट्रलाई नै घात हुने गरी वर्तमान सरकारले अघि बढेको भन्दै त्यसलाई सच्याउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत ध्यानाकर्षण पत्र बुझाएको छ ।  

तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको तरुणको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई तरुण दलले ६ बुँदे ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेकोले मकवानपुरबाट पनि ध्यानाकर्षण पत्र बझाएको तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले बताए ।  
तरुणले बुझाएको ६ बुदे ध्यानाकर्षण पत्रमा खानेपानी मन्त्री बिना मगर गैरजिम्मेवार भ्रष्टाचारी चरित्रको रहेको ठहर गरेको छ । ज्ञापनपत्रको ४ नम्बर बुँदामा तरुण दलले काठमाडौंका जनताले दशकौदेखिको मेलम्चीको पानी खाने सपना वर्तमान सरकारकोे कारण अधुरो रहेको ठहर गरिएको छ ।  ठेकेदार कम्पनी पनि पलायन भएकोप्रति तरुणले खेद प्रकट गरेको छ । मेलम्ची आयोजना भ्रष्टाचाररहित ढंगले सम्पन्न गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० महिना भइसक्दा पनि अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नसकिएको भन्दै ज्ञापनपत्रमा सरकारको आलोचना गरिएको छ । तीनै तहको सरकारको हरेक तह र तप्कामा भ्रष्टाचार बढ्दै गएकोमा पनि तरुणले चिन्ता व्यक्त गर्दै भ्रष्टाचारलाई शून्यमा झार्नुपर्ने माग गरिएको छ । वाइडबडी भ्रष्टाचार काण्डले नेपाल र नेपालीको शीर निहुरिएको भन्दै अरबौंको भ्रष्टाचारको तत्काल छानविन गरी भ्रष्टाचारीलाई कारबाहीको लागि पनि तरुणले ध्यानाकर्षण गराएको छ ।

एनसेलले बुझाउनुपर्ने ७० अर्बभन्दा बढी राजस्व वर्तमान सरकारले विभिन्न बहाना गर्दै असुल उपर नगरेको आरोप पनि तरुण दलले लगाएको छ । बालुवाटार जग्गा काण्डमा संलग्न नेकपाका महासचिव विष्णु पौडेललगायत व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्नेमा पनि ज्ञापनपत्रमा जोड दिइएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

थप समाचार