१५ बैशाख, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले जनताको स्वतन्त्रपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार खोस्दै जनता र राष्ट्रलाई नै घात हुने गरी वर्तमान सरकारले अघि बढेको भन्दै त्यसलाई सच्याउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत ध्यानाकर्षण पत्र बुझाएको छ ।
तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको तरुणको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई तरुण दलले ६ बुँदे ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेकोले मकवानपुरबाट पनि ध्यानाकर्षण पत्र बझाएको तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले बताए ।
तरुणले बुझाएको ६ बुदे ध्यानाकर्षण पत्रमा खानेपानी मन्त्री बिना मगर गैरजिम्मेवार भ्रष्टाचारी चरित्रको रहेको ठहर गरेको छ । ज्ञापनपत्रको ४ नम्बर बुँदामा तरुण दलले काठमाडौंका जनताले दशकौदेखिको मेलम्चीको पानी खाने सपना वर्तमान सरकारकोे कारण अधुरो रहेको ठहर गरिएको छ । ठेकेदार कम्पनी पनि पलायन भएकोप्रति तरुणले खेद प्रकट गरेको छ । मेलम्ची आयोजना भ्रष्टाचाररहित ढंगले सम्पन्न गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० महिना भइसक्दा पनि अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नसकिएको भन्दै ज्ञापनपत्रमा सरकारको आलोचना गरिएको छ । तीनै तहको सरकारको हरेक तह र तप्कामा भ्रष्टाचार बढ्दै गएकोमा पनि तरुणले चिन्ता व्यक्त गर्दै भ्रष्टाचारलाई शून्यमा झार्नुपर्ने माग गरिएको छ । वाइडबडी भ्रष्टाचार काण्डले नेपाल र नेपालीको शीर निहुरिएको भन्दै अरबौंको भ्रष्टाचारको तत्काल छानविन गरी भ्रष्टाचारीलाई कारबाहीको लागि पनि तरुणले ध्यानाकर्षण गराएको छ ।
एनसेलले बुझाउनुपर्ने ७० अर्बभन्दा बढी राजस्व वर्तमान सरकारले विभिन्न बहाना गर्दै असुल उपर नगरेको आरोप पनि तरुण दलले लगाएको छ । बालुवाटार जग्गा काण्डमा संलग्न नेकपाका महासचिव विष्णु पौडेललगायत व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्नेमा पनि ज्ञापनपत्रमा जोड दिइएको छ ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















