१२ मंसिर, हेटौंडा । राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव अन्तरगत अाईतबार भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा एपीएफ विजयी भएको छ ।
सशस्त्र प्रहरीको एपीएफ क्लब र काठमाण्डौंको न्यू डायमण्ड क्लबबीच भएको महिला भलिबल प्रतियोगितामा एपीएफ विजयी भएको हो । एपीएफले डायमण्डलाई २५–१५, २५–१२ र २५–२२ को सोझो सेटमा पराजित गरेको छ । अधिकांश राष्ट्रिय खेलाडी सम्मिलित एपीएफ र न्यू डायमण्डको खेल ‘शो म्याच’को रुपमा प्रस्तुत गरिएको थियो ।
२०७२ साल बैशाखको विनाशकारी भूकम्पमा ज्यान गुमाएका राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतका भलिबलको मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको सम्मानमा महिला भलिबल खेल प्रस्तुत गरिएको आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले जानकारी दिए । ‘हामीले यस महिला भलिबललाई स्वर्गीय केशवलाल श्रेष्ठको सम्मानको लागि गरेका हौं’ उनले भने, ‘शो म्याचको रुपमा रहेको यस भलिबललाई सबैले मन पराएका छन् ।’
सहभागी दुवै टिमका खेलाडी एवम् प्रशिक्षकहरुलाई महोत्सवको मञ्चमा सम्मान सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । खड्गीगीको अध्यक्षतामा भएको भलिबल खेलको उद्घाटनमा मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बिन्द्रलाल श्रेष्ठ, केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप बिष्ट, महोत्सवको खेलकुद संयोजक सबिन भट्टाचार्यलगायतको आतिथ्यता रहेको थियो ।
२१ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा...
२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...
२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...
२० जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...
२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...
२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...
२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...