१२ मंसिर, हेटौंडा । राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव अन्तरगत अाईतबार भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा एपीएफ विजयी भएको छ ।
सशस्त्र प्रहरीको एपीएफ क्लब र काठमाण्डौंको न्यू डायमण्ड क्लबबीच भएको महिला भलिबल प्रतियोगितामा एपीएफ विजयी भएको हो । एपीएफले डायमण्डलाई २५–१५, २५–१२ र २५–२२ को सोझो सेटमा पराजित गरेको छ । अधिकांश राष्ट्रिय खेलाडी सम्मिलित एपीएफ र न्यू डायमण्डको खेल ‘शो म्याच’को रुपमा प्रस्तुत गरिएको थियो ।
२०७२ साल बैशाखको विनाशकारी भूकम्पमा ज्यान गुमाएका राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतका भलिबलको मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको सम्मानमा महिला भलिबल खेल प्रस्तुत गरिएको आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले जानकारी दिए । ‘हामीले यस महिला भलिबललाई स्वर्गीय केशवलाल श्रेष्ठको सम्मानको लागि गरेका हौं’ उनले भने, ‘शो म्याचको रुपमा रहेको यस भलिबललाई सबैले मन पराएका छन् ।’
सहभागी दुवै टिमका खेलाडी एवम् प्रशिक्षकहरुलाई महोत्सवको मञ्चमा सम्मान सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । खड्गीगीको अध्यक्षतामा भएको भलिबल खेलको उद्घाटनमा मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बिन्द्रलाल श्रेष्ठ, केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप बिष्ट, महोत्सवको खेलकुद संयोजक सबिन भट्टाचार्यलगायतको आतिथ्यता रहेको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

















