१६ बैशाख, हेटौँडा । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका मकवानपुर सेक्रेटरी बीरबहादुर घलान ‘ज्वाला’ ले जनताले विद्रोह गर्ने बाहेक विकल्प नरहेको बताएका छन् ।
सोमबार जिल्ला अदालत परिसरमा संचारकर्मीहरुसंग प्रतिक्रिया दिंदै उनले वर्तमान सरकारले आफ्नो कमजोरी लुकाउन कुनै समूह वा संगठनलाई दोष देखाउने काम गरिरहेको बताए । देशमा बढिरहेको बलात्कार, भ्रष्टाचार जस्ता क्रियाकलाप नियन्त्रण गर्न नसकेको सरकारले आफ्नो कमजोरी लुकाउन अरुलाई आरोप लगाउने र जनताको आँखामा छारो हालिरहेको उनको भनाई छ । उनले भने–‘यस्तो अवस्थामा जनताले विद्रोह गर्नुको कुनै विकल्प छैन ।’
उनले नेकपाका कार्यकर्तामाथि भईरहेको गिरफ्तार जायज नभएको बताउँदै उनले यस्तो अवस्थामा जनता खुशी नरहेको बताए । उनले नेकपाका कार्यकर्तालाई विना कारण फसाउने र यातना दिने काम भईरहेको बताए । पञ्चायती र शाही शासन कालमा पनि जनताको आवाज बन्द गर्ने काम हुने गरेको बताउँदै उनले अहिले लोकतान्त्रिक प्रक्रियामा पनि उस्तै व्यवहार भईरहेको गुनासो गरे । उनले वर्तमान सरकारले वार्तामा बोलाउने र ढोकामा बन्दुक राखेर आउलास् भन्ने दोहोरो चरित्र देखाएको बताए ।
नेकपालाई आपराधिक गतिविधि गर्ने जसरी व्याख्या गरिएको प्रति आपत्ति जनाउँदै उनले आफु अन्य कुनै पार्टीमा प्रवेश गर्ने भन्दा पनि आफ्नै ढंगले नेपालीलाई सुशी र देशलाई समृद्ध बनाउने अभियानमा लागि रहने बताए ।
सोमबार धरौटीमा रिहा भएका ज्वाला पुनः अदालत परिसरबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















