१७ वैशाख, हेटौँडा । पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बालुवाटार बालुवाटारको जग्गाबारे गम्भीरतापुर्वक छानविन गरि भ्रष्टाचारको जरो उखुल्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।
सोमबार संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै उनले ललिता निवासको सार्वजनिक जग्गाका बारेमा गम्भीर ढंगले छानविन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा विगत सरकारको नेतृत्व गरेका पुर्व प्रधानमन्त्रीहरुको पनि नाम जोडिएर आएको भन्दै उनले छानविनबाट दोषि देखिए आफु दण्ड भोग्न तयार रहेको बताए । । उनले भने “सार्वजनिक सम्पत्तिको दोहन, वाईडवडी प्रकरण, तारागाउ, बुढीगण्डकी, बालुवाटारको ललिता निवासको सार्वजनिक जग्गाका विषयमा एक अर्कालाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि जरो कारण के हो त्यो ठ्म्याएर हल गर्न सकिएन भने त्यो पटक पटक बल्झिएर आउँछ ।”
सत्तारुढ दल प्रतिपक्षी दल सबै प्रति भ्रष्टाचारको औला उठेकाले एक अर्काको कोटमा बल फ्याकेर मात्रै समस्या समाधान नहुने भन्दै उनले ललिता निवास प्रकरणमा गलत निर्णय भयो भन्ने विषयलाई गम्भीरता पुर्वक छानविन गरि भ्रष्टाचारको जरो उखेल्न आग्रह गरे ।
हालै टुंडिखेलमा नाङगो ढंगले अतिक्रमण गर्ने काम भएको भन्दै उनले समयमै सार्वजनिक जग्गा अतिक्रमण हुनबाट जोगाउन तर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।
उनले संसद कहिलेकाही मणि हराएको नाग जस्तो, कस्तुरी हराएको मृग जस्तो हुने गरेको भन्दै संसदको भुमिकालाई जीवन्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण गरेकाे छ । हेटाैडा-६...
१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...
१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...
९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...
९ साउन, हेटौंडा । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक...
९ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ...
९ साउन, हेटौंडा । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष...
९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...
८ साउन, हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...


















