Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मकवानपुरका होटललाई स्वच्छता र स्तरिकरणको आधारमा स्टिकर

IMG_7155-1556695304.JPG

सुनिल शिवाकोटी
१८ बैशाख, हेटौंडा
। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले मकवानपुरमा रहेको होटल रेष्टुरेन्टमा खाद्य स्वच्छता र स्तरिकरण गर्दै ४ सुचकका स्टिकर टास्ने भएको छ । 
 खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजनामा आज बुधबार जिल्लामा रहेको होटल मालिक तथा होटल एसोसियशन मकवानपुर संलग्नामा उपभोक्ता भेला खाद्य स्वच्छता र होटल स्तरिकरण विषयमा कार्यक्रमको आयोजाना गर्दे यस बारेका जानकारी गराएको हो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा सुचना अधिकारी आकाश काफ्लेले खाद्य स्वच्छताको आधारमा होटल रेष्टरेन्ट स्तरिकरण गर्ने निर्देशिका २०७४ प्रस्तुत गर्दै उनले निर्देशिका अनूरुपनै भएको यस भेलाले ६।७ वटा समुह गठन गरी उक्त समुहले १५ दिन भित्र होटल तथा रेष्टुरेन्टको अनुगमन गरी मुल्याङक सहित दिएको प्रतिवेदनको आधार तथा होटल, रेष्टुरेन्टको स्वच्छता तथा स्तरिकरणको आधारमा ४ सुचकका स्टिकर टास गरीने बताए ।

सुचना अधिकारी काफ्लेले  चार थरिको स्टिकरमा ९० भन्दा बढि अंक आउने अतिउत्तम जसलाई क वर्गमा विभाजन गरी हरियो तिन तारा स्टिकर दिने,त्यसैगरी ८० देखि ८९ अंक आउने उत्तम जसलाई ख वर्गमा विभाजन गरी हरियो दुई तारा स्टिकर दिने, त्यस्तै ६५ देखि ७९ अंक आउने मध्यम रहने र जसलाई ग वर्गमा विभाजन गरी हरियो एक तारा स्टिकर दिने, त्यस्तै ५० देखि ६० अंक आउने सन्तोषजनक रहने र जसलाई घ वर्गमा विभाजन गरी पहेलो स्टिकर दिने बताए । 
 खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यलयका निरिक्षक खगेन्द्र प्रसाद खतिवडाले  खाद्य स्वच्छता बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य तुलसी रिजालले उपभोक्ता र उपभोक्ता अधिकार विषयको बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।. 
होटल एसोसियसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च हेटौंडाका अध्यक्ष बासु खतिवडा, हेटौंडा उपमहानगरका सामाजिक विकास अधिकृत भीम प्रसाद तिमल्सिना, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष हरी हुमागाई, पत्रकार सुनिल शिवाकोति, श्रीराम अर्जून लगायतको ५० भन्दा बढि हेटोल तथा रेष्टुरेन्ट व्यवसायीहरुको उपस्तिथी रहेको थियो ।   


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार