Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कम्युनिष्ट सरकार हिटलरको बाटोमाः केन्द्रीय सदस्य केसी

111-1557452871.jpg

२७ वैशाख, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री अर्जुन नरसिंह केसीले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार हिटलरको बाटोमा अघि बढेको आरोप लगाएका छन् । 
नेपाल विद्यार्थी संघ वन संकायको आयोजनामा बिहिबार हेटौंडामा भएको स्वागत, सम्मान एवम् सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि रहेका उनले दुई तिहाई बहुमतको दम्भका कारण मुलुक नै खतरामा फस्ने संकेत देखिएको बताए । 
नेता केसीले दासता, निरंकुशता एवम् एकाधिकारको बिरुद्ध लड्न नेवि संघका नेता कार्यकर्तालाई अनुरोध समेत गरे । 
यस्तै कार्यक्रममा नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पढाईसंगै विद्यार्थीले राजनीति समेत बुझ्नुपर्ने सुझाव दिए । बानियाँले महंगी, भ्रष्टाचार, हत्या, हिंसा, आतंक बढ्दो क्रममा हरेको भन्दै त्यसको विरोध गर्न विद्यार्थी अगाडी आउन निर्देशन समेत दिए ।
 निर्वाचनको समयमा जनतालाई दिएको प्रतिबद्धताहरु पूरा गर्नु भन्दा अझै झुटको खेति गर्न कम्युनिष्ट नेताहरु तल्लीन रहेको बानियाँको आरोप छ । 
कार्यक्रमकाबीच नेवि संघ वन संकायका संस्थापक सभापति मनोज बुर्लाकोटी, निवर्तमान सभापति प्रकाश तिवारीलाई सम्मान गरिएको थियो । 
नेविसंघ वन संकायका सभापति मोहन मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति बिष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौयाने, प्रवक्ता प्रदीप कोइराला, नेतृ रीता खनाल, वन विज्ञान संकाय सभापति ललितजंग खड्का, कार्यबाहक स्ववियु सभापति सुदिप भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

11-1557452871.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिपुर अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
Screenshot_20240521_13345-1716277981.jpg

८ जेठ, काठमाडौं।  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...

मकवानपुर बहुमुखी क्याम्पस अगाडि पुरुष मृत भेटिए
For-representation-only-1716277568.jpg

८ जेठ, हेटौंडा।  हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...

खाग खरिदबिक्रीमा संलग्न ६ जना पक्राउ
Arrested-1716272680.jpg

८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो
Gold1-1716270676.jpg

८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...

राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

थप समाचार