Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

आगामी बजेट विकास र सम्मृद्धिको बाटोमा केन्द्रीत हुनेः अर्थमन्त्री

rajdhani-14-1557493248.jpg

२७ वैशाख, हेटौँडा । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी बर्षको बजेट सामाजिक न्याय सहितको विकास र सम्मृद्धिको बाटोमा केन्द्रीत हुने बताएका छन् ।
संघीय संसद प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर खतिवडाले सामाजिक न्याय सहितको समावेशी विकास र दीगो विकासका लक्षय हासिल गर्ने गरि बजेट तर्जुमा हुने बताएका हुन् । 
संघीयता कार्यान्वनयमा हासिल गरेको उपलब्धिबाट शुसासन, विकास र सम्मृद्धिको दरिलो आधारशिला तयार भएको भन्दै उनले सोही आधारशिलाको जगमा टेकेर समाजिक न्याय एवं उच्च आर्थिक वृद्धि सहितको समाजवाद उन्मुख राष्ट्रको रुपमा अघि बढ्ने दिशामा आगामी आर्थिक बर्षको बजेट केन्द्रीत गरिने जानकारी दिए । 
अर्थमन्त्री खतिवडाले कानुन कार्यान्वयन, नागरिकलाई सुरक्षित सम्मानित र गुणस्तरीय जीवनयापनको सुनिश्चित गर्ने, न्यायपुर्ण सामाजिक आर्थिक विकास गर्ने रुपान्तरणकारी नीति र कार्यक्रम तयार गर्ने, गरिबी अन्त्य, सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरि बजेट निर्माण हुने बताए ।
यस्तै उनले राज्यको सहयोग आवश्यक पर्ने व्यक्ति, परिवार वा समुहदायलाई विशेष संरक्षण दिनुको साथै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरि सन् २०३० अगावै दिगो विकासका लक्ष्यहरु हासिल गर्दे मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने तर्फ  बजेट लक्षित हुने स्पष्ट पारे । 
आगामी आईतबार र सोमबारको बैठकमा  आर्थिक बर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक ) छलफल गरिने भएको छ । 
प्रतिनिधिसभाको अर्को बैठक बैशाख २९ गते ११ बजेका लागि बोलाईएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg