२७ बैशाख, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पसका उपाध्यक्ष मिलन पुडासैनीले मकवानपुर क्याम्पसमा अनियमितता भएको बताएका छन् ।
शुक्रबार एक वक्तव्य जारी गर्दै नेवी संघ मकवानपुर बहुमुखी क्याम्पसले मकवानपुर बहुमुखी क्याम्पसमा सबै पक्षमा अनियमितता भएको आरोप लगाएको छ ।
‘क्याम्पसमा विद्यार्थी भर्ना हुने बेलादेखि अनियमितता हुँदै आएको छ’, उनले भने,‘पुस्तकालय विकास र भवन मर्मत शीर्षकमा विद्यार्थीसँग रकम असुलिन्छ । शुल्क लिने तर त्यस वापतको सेवा विद्यार्थीले पाएका छैनन् ।’ पुस्तकालयमा १० वर्षदेखि नयाँ किताब नआएको भन्दै उनले कक्षा कोठामा पनि मर्मत नपुगेको बताए ।
भर्ना हुने समयमा उठाइएको मर्मत शूल्कको कहाँ खर्च हुन्छ भन्दै उनले विगतदेखि आयव्यय सार्वजनिकको लागि माग गर्दा समेत पारदर्शी हुन नसकेको आरोप लगाए । नेवि संघले क्याम्पसमा भएका आर्थिक गतिविधिहरु सबैको सामु पारदर्शी बनाउन पर्ने भन्दै विगतदेखि नै आवाज उठाउँदै आएको छ ।
‘हामीले विगतदेखी यही विषय उठान गर्दै आएका थियौँ’, उनले भने,‘क्याम्पस प्रशासनले कुनै वास्ता गरेन । हाम्रो मागलाई बेवास्ता गर्ने हो भने नेवि संघ कडा आन्दोलन गर्न पनि पछि पर्दैन ।’
‘क्याम्पसमा शिक्षक नियुक्त हुँदा पनि कुनै विज्ञापन हुँदैन । आफू अनुकुलको शिक्षक क्याम्पसमा नियुक्त भएका छन्’, उनले भने,‘प्रदेश तीनका मुख्यमन्त्री समेत रहेका व्यक्ति क्याम्पसको अध्यक्ष हुनुहुन्छ तर आर्थिक पारदर्शीतामा कुनै भूमिका उहाँको देखिदैन । विगतमा जसरी क्याम्पस सञ्चालन भएको छ हालसम्म पनि त्यस्तै अवस्था छ ।
छात्रावृत्तिमा पनि राजनीतिक चलखेल हुन्छ, जो शक्तिमा छ उसैले पाउने प्रवृत्ति क्याम्पसमा हावी छ ।’ बस सञ्चालनको लागि २०७३ साल फागुनमा नै रकम छुट्टिसकेको तर हालसम्म बस सञ्चालनमा नआउँदा क्याम्पस सञ्चालक समितिसमक्ष प्रश्नचिन्ह खडा भएको बताए ।
नेपालका बिभिन्न जिल्लाहरुका लागि अध्ययनको गन्तव्य बनेको क्याम्पसमा यस्तै गतिविधिहरु भईरहने हो भने विद्यार्थीहरुमा पनि नैराश्यता उत्पन्न हुने उनले दावी गरे ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















