फोटोः सुनिल शिवाकोटी प्रस्ट खबर
सुनिल शिवाकोटी
२८ बैशाख, हेटौँडा । प्रदेश ३ का भुमिव्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समाजको अग्रगामी रुपान्तरणका लागि र देश विकासका लागि महिला सहभागिता आवश्यक रहेको भन्दै गणतन्त्र स्थापना भइसकेपनि महिलाले अधिकार पाउन नसकेकोले अब आदिबासि जनजाति महिलाले अधिकार मागेर होइन खोसेर लिनुपर्ने बताएका छन ।
राष्ट्रिय आदिबासि जनजाति महिला महासंघले शनिबार हेटौँडामा आयोजना गरेको आयोजित राष्ट्रिय आदिबासि जनजाति महिला महासंघको प्रदेश समन्वय समिति गठन तथा संस्थागत विकास सम्बन्धी १ दिने तालिमको उदघाटनका क्रममा बोल्दै मन्त्री लामाले यसो बताएका हुन ।
मन्त्री लामाले कार्यक्रममा बोल्दै सामाजिक आर्थिक राजनितिक शैक्षिक जस्ता हरेक क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको अवस्थामा आदिबासि जनजातिहरूले आफ्नो उद्देश्य प्राप्तिका लागि प्रतिस्पर्धामा आउनुपर्ने बताए ।
उनले अब महिलाले मनोवल बढाउनु महिला शसक्त भएर अघि बढनुपर्ने भन्दै आफ्नो समुदायमा रहेका संभावित उत्पादनलाई जोड दिएर अगाडि बढ्नुपर्ने बताए ।
मन्त्री लामाले कृषिको व्यवसायीकरण, आधुनिकिकरण तथा औधोगिकीकरण गर्दै कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउँदै आयात प्रतिस्थपन र निर्यात गरी समाजको अग्रगामी रुपान्तरणको दिशामा अघि बढ्न आजको टड्कारो आवश्यकता रहेको र यो काममा महिला सहभागिता निकै महत्वपुर्ण रहने कुरामा जोड दिए ।
आदिबासि जनजाति महिला महासंघ प्रदेश समन्वय समिति गठन तथा संस्थागत विकास सम्बन्धि तालिम कार्यक्रम महासंघको केन्द्रीय अध्यक्ष चिनिमाया माझिको सभापतित्वमा भएको कार्यक्रममा आदिबासि जनजाति महासंघ जिल्ला समन्वय समिति मकवानपुरका जिल्ला अध्यक्ष तिर्थ बहादुर थापा, पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर नेपाल मगर महिला संघकी ३ नं प्रदेश सचिव तथा जिल्ला अध्यक्ष डेमिज थापा मगर,
महासंघकी केन्द्रीय उपाध्यक्ष लक्कि गणेश गनगाई, आदिबासि जनजाति महासंघ हेटौँडा नगर अध्यक्ष जङ्ग बहादुर गुरुङ, नेपाल कुमाल संघका भैरव बहादुर कुमाल लगायतकाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय आदिबासि जनजाति महिला महासंघकी कमला थापाले तालिममा सहभागि महिलाहरुलाई सहजीकरण गर्ने बताईएको छ । कार्यक्रममा प्रदेशका १३ जिल्लाका करिब ५०आदिबासि जनजाति महिलाहरुको सहभागिता रहेको छ । महासंघले आजै प्रदेश ३ आदिबासि जनजाति महासंघ समन्वय समिति गठन गरिने राष्ट्रिय आदिबासि जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझिले बताईन ।
फोटोः सुनिल शिवाकोटी प्रस्ट खबर
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















