Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको क्षेत्र २ को ख मा बजेट तथा योजना छनोटका लागि अन्तरक्रिया

60336288_352598585390105_-1557574741.jpg

२८ बैशाख, हेटौँडा । मकवानपुरको क्षेत्र २ को ख मा योजना तर्जुमा र बजेट निर्माण गरी योजना छनोटका लागि शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
प्रदेश नीति तथा योजना आयोगले ३ नम्बर प्रदेशको सबै ६६ वटा निर्वाचन क्षेत्रमा आ.व. ०७६र०७७ का नीति तथा कार्यक्रम, योजना तर्जुमा र बजेट निर्माण गरी योजना छनोट गर्न परिपत्र भए  बमोजिम मकवानपुरको क्षेत्र २ को ख मा प्रत्यक्ष निर्वा्िचत प्रदेशसभा सदस्य एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा मनहरी गाउँपालिकाको रजैयामा शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
 अन्तरक्रियामा  सर्वसम्मत रुपमा उक्त क्षेत्रका लागि १० करोडको ३ योजना र ५० करोडको एक ठूलो योजना छनोट गरेको छ । १० करोडको ३ योजनाहरु, (१) मनहरी गाउँपालिका वडा नम्बर १ देखि ५ नम्बरसम्म खहरे नियन्त्रण, (२) राक्सीराङ गाउपालिकाको चैनपुर, मान्छाल,चौकीटारखैराङ, हुँदै मलेखु जोड्ने सडक निर्माण, (३) कैलाश गाउँपालिकाको गोगने(कालिकाटार(कैलाश ५ देखि ८ जोड्ने सडक निर्माण र ५० करोडको एउटा ठूलो योजना मनहरी गाउँपालिका सिम्पानी,सरिखेत, भार्ता , गोगने, थाहा नगरपालिका हुँदै चन्द्रागिरी जोड्ने सडक निर्माणको लागि प्रदेश नीति तथा योजना आयोगलाई सिफारिश गर्ने सर्वसम्मत निर्णय भएको उक्त क्षेत्रबाट प्रत्यक्ष निर्वा्िचत प्रदेशसभा सदस्य एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बताए । 

अन्तरक्रियामा मकवानपुर २ को ख का प्रदेशसभा सदस्यद्वय सन्त चेपाङ र ओम घलान, पूर्व सभासद राजाराम स्याङतान, त्यस क्षेत्रमा पर्ने राक्सीराङ, कैलाश र मनहरी गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु र राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र अगुवा समाजसेवीहरुको उपस्तिथिमा अन्तरक्रिया भै सर्वसम्मतरुपमा योजना सिफारिश गरिने निर्णय भएको जनाईएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार