Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

अजोड इन्स्योरेन्सको शाखा हेटौँडामा स्थापना

touchmaster_1557678455788-1557678853.jpg

२९ वैशाख, हेटौंडा । अजोड इन्स्योरेन्स लिमिटेडको ३० औँ शाखा हेटौँडामा स्थापना गरिएको छ ।
हेटौँडा शाखाको आइतबार प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले उदघाटन गर्दै प्रजातन्त्र प्राप्तिपछि बीमा कम्पनी लगानी सुरक्षाका लागि विश्वास सिर्जना गर्ने माध्यम बनेको बताए । सरकार औद्योगिकीकरणका लागि आवश्यक सुविधा दिन तयार रहेको बताए ।
कार्यक्रममा प्रदेश ३ का प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले सरकारले उद्योगीका लागि लगानीमैत्री वातावरण निर्माण गर्न लागेको बताए ।
कम्पनी नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले कार्यक्रममा कम्पनीले ३५ हजार बीमालेख जारी गरेको भन्दै कम्पनीको कुल लगानी ८० करोड रुपियाँ पुगेको जानकारी दिए ।
कम्पनीका हेटौँडा शाखाका प्रबन्धक बद्रीनाथ शर्माले कम्पनीले वैशाख १ गतेबाट ग्राहकहरुका लागि ३६५ दिन नै बीमा सेवा उपलब्ध गराउन थालेको बताउँदै छिटो छरितो र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । 
कम्पनीका सञ्चालक राजेन्द्रप्रसाद कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका संस्थापक मधुवनप्रसाद पौडेल, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका निवर्तमान अध्यक्ष माधव अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार