१६ जेठ, हेटौँडा । संघीय सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटमा मकवानपुरका केही विषयहरु पनि समेटिएका छन् । बजेटले मकवानपुरमा ठूलो हिस्सा पर्ने फास्ट ट्र्याकका लागि बजेट विनियोजन गरेको छ ।
नेपाली सेनाले बनाइरहेको उक्त सडकका लागि १५ अर्ब एक करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, औद्योगिक विकास तर्फ पनि मकवानपुरमा बजेट विनियोजन भएको छ । मयुरधापमा बन्ने नयाँ औद्योगिक क्षेत्रका लागि अर्थ मन्त्रीले बजेट विनियोजन गरेको जानकारी गराएका छन् । यस्तै, हेटौंडा सिमेन्टको क्षमता विस्तारका लागि पनि बजेट विनियोजन भएको छ । पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्टको क्षमता विकास गरिने उल्लेख भए पनि बजेटको अंक भने खुलाइएको छैन । यस्तै, आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी कान्तिपथका लागि ६१ करोड रुपैयाँ विनियोजन भएको छ । ढल्केवर–हेटौंडा प्रशारण लाइनका लागि पनि बजेट विनियोजन भएको छ । मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ । संघीय सरकारले खेलकुद पूर्वाधार विकासका लागि धेरै कार्यक्रम अघि सारे पनि गौरीटार रंगशालाका लागि भने बजेट विनियोजन गरेको छैन । करिब एक दशक अघि शिलान्यास भए पनि गौरीटार रंगशालाको काममा ठोस प्रगति हुन सकेको छैन । विगत बजेटमा पनि यो रंगशालालाई रकम विनियोजन भएको थिएन । प्रदेश तीन सरकारले यसका लागि बजेट विनियोजन गर्ने बताएको छ । नीति तथा कार्यक्रममा पनि समेटिएको यो रंगशालाका लागि अब प्रदेश सरकारले काम गर्ने बताइएको छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







