Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

संघीय सरकारको बजेटमा मकवानपुर

badjeet-1559134734-1559200417.jpg

१६ जेठ, हेटौँडा । संघीय सरकारले प्रस्तुत गरेको आगामी वर्षको  बजेटमा मकवानपुरका केही विषयहरु पनि समेटिएका छन् । बजेटले मकवानपुरमा ठूलो हिस्सा पर्ने फास्ट ट्र्याकका लागि बजेट विनियोजन गरेको छ ।

नेपाली सेनाले बनाइरहेको उक्त सडकका लागि १५ अर्ब एक करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, औद्योगिक विकास तर्फ पनि मकवानपुरमा बजेट विनियोजन भएको छ । मयुरधापमा बन्ने नयाँ औद्योगिक क्षेत्रका लागि अर्थ मन्त्रीले बजेट विनियोजन गरेको जानकारी गराएका छन् । यस्तै, हेटौंडा सिमेन्टको क्षमता विस्तारका लागि पनि बजेट विनियोजन भएको छ । पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्टको क्षमता विकास गरिने उल्लेख भए पनि बजेटको अंक भने खुलाइएको छैन । यस्तै, आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी कान्तिपथका लागि ६१ करोड रुपैयाँ विनियोजन भएको छ । ढल्केवर–हेटौंडा प्रशारण लाइनका लागि पनि बजेट विनियोजन भएको छ । मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ । संघीय सरकारले खेलकुद पूर्वाधार विकासका लागि धेरै कार्यक्रम अघि सारे पनि गौरीटार रंगशालाका लागि भने बजेट विनियोजन गरेको छैन । करिब एक दशक अघि शिलान्यास भए पनि गौरीटार रंगशालाको काममा ठोस प्रगति हुन सकेको छैन । विगत बजेटमा पनि यो रंगशालालाई रकम विनियोजन भएको थिएन । प्रदेश तीन सरकारले यसका लागि बजेट विनियोजन गर्ने बताएको छ । नीति तथा कार्यक्रममा पनि समेटिएको यो रंगशालाका लागि अब प्रदेश सरकारले काम गर्ने बताइएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg