१६ जेठ, हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको आरएम केमिकल्स नेपाल प्रालि डेढ बर्ष अवैध रुपमा संचालन भएपनि नियमन गर्ने निकाय बेखबर रहेको खुलेको छ । २०७२ साल असोज २० गते कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीको रुपमा दर्ता भएपनि उद्योग संचालनका लागि उद्योग विभागमा अनिवार्य दर्ता गर्नुपर्ने भएपनि दुई महिना अघि मात्रै इजाजत लिएको खुलेको हो ।
उद्योगले हेटौँडा औद्योगिक व्यवस्थापन कार्यालयमा उद्योगका लागि जग्गा बहालका लागि २०७४ असारमा निवेदन दिएको र असोज ६ गत जग्गा सम्झौता गरी संचालनमा आएको थियो । ‘कार्यालयले आवश्यक कागजात ३ महिनाभित्र बुझाउने शर्तमा जग्गा सम्झौता गरेपनि उद्योग विभागमा उद्योग दर्ताको प्रमाणपत्र र वातावरणीय प्रभाव मूल्यांकन (आईईई) प्रतिवेदन बुझाएको छैन ।’–कार्यालयका प्रमुख राजेन्द्र कँडेलले भने ।
३ महिनामा बुझाउने भनेको कागजात डेढ बर्ष नाघिसक्दा पनि नबुझाएपछि कार्यालयले गत चैत २७ गते कागजात बुझाउन पत्र काटेको कँडेलले बताए । ‘उद्योग विभागमा दर्ताको प्रमाणपत्र र आईईई रिपोर्ट नबुझाए सम्बन्धित निकायमा पत्रचार गर्ने छौं ।’–उनले भने । उद्योगले २०७६ बैशाख १२ गते मात्रै उद्योग दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । तर प्रमाणपत्रमै उल्लेख भए अनुसार उद्योग स्थापना, सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु पूर्व नियमानुसार आईईई गर्नुपर्ने प्रावधान पुरा नगरी प्रमाणपत्र दिईनु नै आश्चयको विषय बनेको छ । उद्योगले २० महिना अघिदेखि कानूनी प्रक्रिया पुरा नगरी उत्पादन गरेपनि नियमन गर्नुपर्ने निकायले मौन बस्नुमा आर्थिक चलखेल रहेको हुन सक्ने देखिन्छ ।
उद्योगका महाप्रवन्धक जनार्दन खरातले आफुहरुले कानूनी प्रक्रिया अनुसार नै काम गरेको दावि गरे । उनले वातावरणीय प्रभाव मूल्यांकन उद्योग विभाग र औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले नै गर्नुपर्ने दावि गरे । उनले आफुहरुले यसअघि नेशनल सोप इण्डष्ट्रिजले संचालन गरिरहेको उद्योग खरिद गरेको र २०१७ नोभेम्बरदेखि उत्पादन गरेको बताए । उद्योग साबुन, सर्फ, तेल उत्पादन गर्ने उद्योगमा १ सय २४ जना मजदुर कार्यरत छन् ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...









-nepal-1792111426.jpg)







