१० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार भएको उपमहानगरपालिकाको पाँचौ नगरसभाको बैठक मार्फत नगर उपप्रमुख मिना कुमारी लामाले आर्थिक वर्ष २०७६र७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन ।
नगरसभा बैठकमा नगर उपप्रमुख लामा आर्थिक वर्ष २०७६र७७ का लागि क्षेत्रगत बजेट विनियोजन गरेको बताएकी छिन ।
जस अनुसार उपमहानगरपलिकाले पूर्बाधार बिकाशका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएको बताउदै जसमा बस टर्मिनल भवनका लागि ३ करोड, मुख्य बजार क्षेत्रमा सुविधायुक्त भ्यु टावर निर्माणका लगि २ करोड, हेटौँडा १०मा रहेको बसपार्कलाई व्यवस्थीत गर्न र पुर्वी क्षेत्र तर्फजाने सवारीका लागि बसपार्क निर्माणका लगि २ करोड विनियोजन गरेको बताइन । त्यसैगरी पूर्बाधार बिकाश अन्र्तगतनै कर्रा कोरिडोर निर्माण कार्यलाई निरन्तरता दिन २ करोड, बृहत्तर चक्रपथका लागि २ करोड विनियोजन गरी अन्य आयोजना सम्पन्न गर्न पूर्बाधार बिकाशका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएको उप प्रमुख लामाले बताइन ।
त्यसैगरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि आर्थीक विकास तर्फ कुल ४ करोड ९५ लाख ५७ हजार विनियोजन गरेको छ । जसमा प्रदेश सरकारको सहयोगमा निर्माण हुने आधुनिक कृषि थोक बजार केन्द«का लागि १ करोड,उद्यमशिलताको विकासको लागि २० लाख, पर्यटकीय स्थलको विकास र साना पुर्वाधार सुधारका लागी १ करोड ५८ लाख ट विनियोजन गरीएको छ ।
त्यसैगरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि सामाजिक विकास तर्फ कुल ५८ करोड ५५ लाख ४३ हजार विनियोजन गरेको जनाएको छ । जसमा मृगौला विरामीलाई निःसुल्क डायलोसिस सेवा उपलब्ध गराउन २५ लाख, सामुदायीक विद्यालयमा कार्यरत बालबिकास सहयोगी कार्यकर्ता प्रोत्साहनमा १४ लाख ४० हजार र विद्यार्थीहरुलाई दिवा खाजाका लागि ५ लाख, महिलमा हुने स्तन क्यान्सर र अन्य कडा रोगको परीक्षणका लागि १० लाख , दक्ष जनशक्ती र उपकरण सहित सहरी स्वास्थ्य केन्द« संचालनका लागी ८० लाख विनियोजन गरीएको छ ।
त्यसैगरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि वातावरण तथा विपद व्यवस्थापनका लागि ४ करोड ९९ लाख २० हजार विनियोजन गरेको छ ।
त्यसैगरी उपमहानगरपालीकाले दैनिक कार्यालय सञ्चालनका लागि तलब, भत्ता लगायत अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार बिनियोजिन गरेको र कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार र वडा कार्यालय मार्फत कार्यक्रम संचालनका लागी ९५ लाख विनियोजन गरेको बताइन ।
निति तथा कार्यक्रम प्रस्तुतीकरण कार्यक्रममा उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक श्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको विभिन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट आएको बताइन। उपमहानगरपालिकाको गत वर्षको नगद मौजदातबाट १० करोड रुपैयाँ बेहोरीने र संघिय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने बताइन ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...









-nepal-1792111426.jpg)







