१० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार भएको उपमहानगरपालिकाको पाँचौ नगरसभाको बैठक मार्फत नगर उपप्रमुख मिना कुमारी लामाले आर्थिक वर्ष २०७६र७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन ।
नगरसभा बैठकमा नगर उपप्रमुख लामा आर्थिक वर्ष २०७६र७७ का लागि क्षेत्रगत बजेट विनियोजन गरेको बताएकी छिन ।
जस अनुसार उपमहानगरपलिकाले पूर्बाधार बिकाशका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएको बताउदै जसमा बस टर्मिनल भवनका लागि ३ करोड, मुख्य बजार क्षेत्रमा सुविधायुक्त भ्यु टावर निर्माणका लगि २ करोड, हेटौँडा १०मा रहेको बसपार्कलाई व्यवस्थीत गर्न र पुर्वी क्षेत्र तर्फजाने सवारीका लागि बसपार्क निर्माणका लगि २ करोड विनियोजन गरेको बताइन । त्यसैगरी पूर्बाधार बिकाश अन्र्तगतनै कर्रा कोरिडोर निर्माण कार्यलाई निरन्तरता दिन २ करोड, बृहत्तर चक्रपथका लागि २ करोड विनियोजन गरी अन्य आयोजना सम्पन्न गर्न पूर्बाधार बिकाशका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएको उप प्रमुख लामाले बताइन ।
त्यसैगरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि आर्थीक विकास तर्फ कुल ४ करोड ९५ लाख ५७ हजार विनियोजन गरेको छ । जसमा प्रदेश सरकारको सहयोगमा निर्माण हुने आधुनिक कृषि थोक बजार केन्द«का लागि १ करोड,उद्यमशिलताको विकासको लागि २० लाख, पर्यटकीय स्थलको विकास र साना पुर्वाधार सुधारका लागी १ करोड ५८ लाख ट विनियोजन गरीएको छ ।
त्यसैगरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि सामाजिक विकास तर्फ कुल ५८ करोड ५५ लाख ४३ हजार विनियोजन गरेको जनाएको छ । जसमा मृगौला विरामीलाई निःसुल्क डायलोसिस सेवा उपलब्ध गराउन २५ लाख, सामुदायीक विद्यालयमा कार्यरत बालबिकास सहयोगी कार्यकर्ता प्रोत्साहनमा १४ लाख ४० हजार र विद्यार्थीहरुलाई दिवा खाजाका लागि ५ लाख, महिलमा हुने स्तन क्यान्सर र अन्य कडा रोगको परीक्षणका लागि १० लाख , दक्ष जनशक्ती र उपकरण सहित सहरी स्वास्थ्य केन्द« संचालनका लागी ८० लाख विनियोजन गरीएको छ ।
त्यसैगरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि वातावरण तथा विपद व्यवस्थापनका लागि ४ करोड ९९ लाख २० हजार विनियोजन गरेको छ ।
त्यसैगरी उपमहानगरपालीकाले दैनिक कार्यालय सञ्चालनका लागि तलब, भत्ता लगायत अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार बिनियोजिन गरेको र कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार र वडा कार्यालय मार्फत कार्यक्रम संचालनका लागी ९५ लाख विनियोजन गरेको बताइन ।
निति तथा कार्यक्रम प्रस्तुतीकरण कार्यक्रममा उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक श्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको विभिन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट आएको बताइन। उपमहानगरपालिकाको गत वर्षको नगद मौजदातबाट १० करोड रुपैयाँ बेहोरीने र संघिय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने बताइन ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...





-1786686763.jpg)











