१२ असार, हेटौँडा । ३ नम्बर प्रदेशसभाबाट प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । विधेयकमाथिको छलफलमा भाग लिंदै प्रदेशसभा सदस्यहरुले करलाई प्रोत्साहन हुने ढंगले करको दर निर्धारण गर्नुपर्ने बताएका थिए ।
सांसद पुकार महर्जनले कृषि क्षेत्रमा लगाईएको करको विरोध गर्दै मौसममा निर्भर कृषि क्षेत्रमा कर नलगाउन सुझाव दिए । सांसद नरोत्तम बैद्यले सिमेन्टमा प्रति बोरा १ रुपैँया कर लगाउन सुझाव दिंदै यो रकम ब्लड बैंकलाई उपलव्ध गराई रगत लिन जाँदा ब्लड बैंकले निःशुल्क रगत उपलव्ध गराउने वातावरण बनाउन आग्रह गरे । उनले पशुपतिनाथको मन्दिर दर्शनमा जाने विदेशी पर्यटकलाई कर लगाई प्रदेशमा सामाजिक हितमा खर्च गर्न सुझाव दिए । सांसद प्रभात तामाङले सवारी प्रदेशमा दर्ता हुने भएकाले करमा पनि प्रदेशको मात्रै अधिकार हुनुपर्ने र सवारीको कर महंगो भएको धारणा राखेका थिए ।
सांसद सिर्जना शैज्युले करको दर हैन दायरा बढाउँछौं भनेर प्रतिवद्धता व्यक्त गरेपनि सरकारले पुनः कर बढाएको भन्दै आपत्ति जनाईन् । सांसद रिना गुरुङले मध्यम बर्गलाई हेरेर कर ल्याउनुपर्नेतर्फ सचेत गराएकी थिईन् ।
विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सुझाव सकारात्मक भएको बताए । उनले करको दर नबढाएको जानकारी दिंदै कर संकलनको अवस्थामा सुधार गर्ने बताए । उनले चालु आर्थिक बर्षमा कर्मचारीको अभाव र ज्ञानको अभावले लक्ष्य अनुसार कर संकलन गर्न नसकिएको स्विकारेका थिए ।
बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...






-1786686763.jpg)











