Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

करको दर नबढाउन सुझाव, आर्थिक विधेयक पारित

Pass-copy-1561633176.jpg

१२ असार, हेटौँडा । ३ नम्बर प्रदेशसभाबाट प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । विधेयकमाथिको छलफलमा भाग लिंदै प्रदेशसभा सदस्यहरुले करलाई प्रोत्साहन हुने ढंगले करको दर निर्धारण गर्नुपर्ने बताएका थिए । 
सांसद पुकार महर्जनले कृषि क्षेत्रमा लगाईएको करको विरोध गर्दै मौसममा निर्भर कृषि क्षेत्रमा कर नलगाउन सुझाव दिए । सांसद नरोत्तम बैद्यले सिमेन्टमा प्रति बोरा १ रुपैँया कर लगाउन सुझाव दिंदै यो रकम ब्लड बैंकलाई उपलव्ध गराई रगत लिन जाँदा ब्लड बैंकले निःशुल्क रगत उपलव्ध गराउने वातावरण बनाउन आग्रह गरे । उनले पशुपतिनाथको मन्दिर दर्शनमा जाने विदेशी पर्यटकलाई कर लगाई प्रदेशमा सामाजिक हितमा खर्च गर्न सुझाव दिए । सांसद प्रभात तामाङले सवारी प्रदेशमा दर्ता हुने भएकाले करमा पनि प्रदेशको मात्रै अधिकार हुनुपर्ने र सवारीको कर महंगो भएको धारणा राखेका थिए ।
सांसद सिर्जना शैज्युले करको दर हैन दायरा बढाउँछौं भनेर प्रतिवद्धता व्यक्त गरेपनि सरकारले पुनः कर बढाएको भन्दै आपत्ति जनाईन् । सांसद रिना गुरुङले मध्यम बर्गलाई हेरेर कर ल्याउनुपर्नेतर्फ सचेत गराएकी थिईन् ।
विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सुझाव सकारात्मक भएको बताए । उनले करको दर नबढाएको जानकारी दिंदै कर संकलनको अवस्थामा सुधार गर्ने बताए । उनले चालु आर्थिक बर्षमा कर्मचारीको अभाव र ज्ञानको अभावले लक्ष्य अनुसार कर संकलन गर्न नसकिएको स्विकारेका थिए ।
बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार