Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

भ्याटमा जान सकिन्नः यातायात व्यवसायी

aa-1561859486.jpg

१५ असार, हेटौँडा । सरकाले ढुवानीको भाडामा मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने व्यवस्था गरेपछि यातायात व्यवसायीहरुले आफुहरु समस्यामा परेका बताएका छन् । यातायात व्यवसायीले गर्ने ढुवानी भाडामा १३ प्रतिशत भ्याट लाग्ने सरकारको नीतिगत निर्णय अव्यवहारिक रहेको उनीहरुको गुनासो छ ।
शनिबार हेटौंडामा भएको व्यवसायीहरुको भेलामा ई–लकिङ ढुवानी व्यवस्था, ढुवानी भाडामा भ्याट, करको नयाँ व्यवस्था, भारतीय सवारी साधनको अतिक्रमण, दुर्घटना आदि कारणले यातायात व्यवसायी व्यवसायबाट पलायन हुने खतरा बढेको उनीहरुले बताएका छन् ।
नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठको सभाध्यक्षतामा भएको भेलामा व्यवसायीहरुले ढुवानी व्यवसायमा गरिएको लगानीको सुरक्षणको माग समेत गरेका छन् । 
कार्यक्रममा संघका अध्यक्ष रहेका श्रेष्ठले ७० प्रतिशत ढुवानी व्यवसायी स्वरोजगार मजदुर रहेका कारण ढुवानी भाडामा भ्याट लगाउँदा पेशागत जटिलता सृजना हुने बताए । 
संघका पूर्बअध्यक्ष बद्रीपसाद चौलागाईले सरकारले गरेको नयाँ व्यवस्थाले भारतीय ट्रकहरुले नेपालमा मालसामान ढुवानी गर्ने वातावरण सहज गरेको तर, नेपाली व्यवसायीलाई अप्ठयारोमा पारेको बताए ।
यस्तै सार्बजनिक सवारी व्यवसायमा निजी क्षेत्रले गरेको अर्बौ रुपैयाँको लगानी जोखिममा परेको संघका महासचिव सरोज खनालले बताए । मालसामान ढुवानी गर्ने मौजुदा साधनले हालको अवस्थामा एक तिहाई मात्र काम गरिरहेको खनालको भनाई छ । 
बर्तमान सरकारले गरेको व्यवस्था अनुसार सवारी साधनले बैंक व्याज तिर्न पनि नसकेर व्यवसाय नै संकटमा परिरहेको व्यवसायीहरुको गुनासो छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार