Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

प्रदेश ३ मा ९ प्रतिशतमात्रै रोपाई (विवरणसहित)

Rpi-1561869813.jpg

हेटौँडा-६ पुतलीबजारमा रोपाई गर्दै महिलाहरु ।

१५ असार, हेटौँडा । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । तर पर्याप्त बर्षा नहुँदा ३ नम्बर प्रदेशका किसानहरुले भने खुशीयालीसंग दिवस मनाउन पाएका छैनन् । ३ नम्बर प्रदेशको १३ जिल्लामा अहिलेसम्म नौ प्रतिशत मात्र क्षेत्रफलमा मात्र रोपाई भएको छ ।
३ नम्बर प्रदेशको धान रोपाई हुने एकलाख ३४ हजार सातसय २२ हेक्टरमध्ये हालसम्म दशहजार आठसय १२ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको ३ नम्बर प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
प्रदेश ३ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय हेटौंडाका प्रवक्ता निर्मलकुमार गदालका अनुसार पर्याप्त बर्षा नहुँदा असार १५ सम्म रोपाईको अवस्था कमजोर छ ।
यस्तो छ अवस्था
सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा रोपाई भएको छ । काभ्रेपलाञ्चोकको धान उत्पादनको कुल क्षेत्रफल दशहजार एकसय रहेकोमा हालसम्म दुईहजार २० हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भइसकेको छ । सबैभन्दा कम सिन्धुलीका भएको छ । सिन्धुलीको धान उत्पादनको कुल क्षेत्रफल १६ हजार आठसय ८२ हेक्टर रहेकोमा हालसम्म तीनसय २५ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ ।  
ललितपुरमा चारहजार ६ सय हेक्टर क्षेत्रफलमध्ये सातसय ८२ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । काठमाडौंको सातहजार आठसय ८० मध्ये एकहजार २४ हेक्टरमा, भक्तपुरको चारहजार तीनसयमध्ये पाचसय १६ हेक्टरमा , सिन्धुपाल्चोकको १२ हजार दुईसय ३५ मध्ये एकहजार आठसय ३५ हेक्टर क्षेत्रफलमा रोपाई भईसकेको मन्त्रालयले जनाएको छ । 
मकवानपुर जिल्लाको कुल एघार हजार क्षेत्रफलमध्ये हालसम्म एकहजार एकसय, रामेछापको आठहजार आठसय दश हेक्टरमध्ये चारसय ४१ हेक्टरमा, दोलखाको दुई हजार नौसय २० मध्ये एकसय ४६ हेक्टरमा, नुवाकोटको १४ हजार पाँचसय ५० मध्ये एकहजार १९ हेक्टरमा, रसुवाको एकहजार दुईसय ४५ मध्ये पचास हेक्टरमा र धादिङको १२ हजार हेक्टर क्षेत्रफलमध्ये  आठसय ४० हेक्टर क्षेत्रफमा मात्रै रोपाई भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार