Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

कृषि उपज बजार निर्माण गर्न मउवासंघको माग

mcci-1481803013.JPG

३० मंसिर, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले कृषि विकास राज्यमन्त्री राधिका तामाङसँग हेटौंडामा क्षेत्रीयस्तरको कृषिउपज थोक बजार निर्माण गर्न माग गरेको छ । संघको नेतृत्वमा कृषि विकास मन्त्रालयमा पुगि स्थानीय सरोकार तथा राजनैतिक दलको प्रतिनिधिसहितको टोलीले राज्यमन्त्री राधिका तामाङसँग थोक बजार निर्माणका लागि ध्यानाकर्षण गराएको हो । 
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित राप्ति किनारमा रहेको सरकारी स्वामित्वको जग्गालाई हेटौंडा उपमहानगरपालिकाले समेत बजार निर्माणमा लिखित रुपमै स्वीकृत दिएपछि काठमाडौंमा पुगेर कृषि उपज निर्माणका लागि ध्यानाकर्षण गराएको अध्यक्ष राजकुमार न्यौपानेले बताए । भेटमा राज्यमन्त्री तामाङले आफूले समेत उक्त स्थानको केही दिन अघि अवलोकन गरिसकेकोले यस विषयमा आफू सकारात्मक रहेको बताए । 
कृषि उपज बजार व्यवस्थापन समितिका गोविन्द दहालले बुटबल र सर्लाहीको बीचमा पूर्वपश्चिम राजमार्गमा कतै पनि यस्तो बजार नरहेकोले यसका लागि हेटौंडा राम्रो विकल्पको रुपमा रहेको बताए । भेटका अवसरमा कृषि सहकारीका एकराज उप्रेतीले चितवन, बारा, पर्सा, रौतहट, सिन्धुली लगायत मकवानपुर जिल्लाका समेत गरी करीब ५ हजार कृषकले प्रत्यक्ष लाभ लिन सक्ने जानकारी दिएका थिए । 
कार्यक्रममा हेटौँडा नगरपालिकाका विके महर्जन, मकवानपुर तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खड्गबहादुर मोक्तान, एमालेबाट ध्रुब चौलागाई, नेपाली काँग्रेसकी कृषि संयोजक लक्ष्मी गौतम, राप्रपाका उपाध्यक्ष गुञ्जन न्यौपाने, सीताराम बर्तौला लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार