२ पुस, हेटौँडा । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सिताराम महतोले अब बन्ने यातायात ऐनले यातायात क्षेत्रको लगानी सुरक्षित गर्ने दावि गरेका छन् । टेम्पो तथा मझौला यातायात व्यवसायी संघको शनिबार हेटौँडामा रजत बर्ष एवं २५ औं बार्षिक साधारण सभा उद्घाटन गर्दै राज्यमन्त्री महतोले संघिय ढाँचा अनुसार आउन लागेको यातायात ऐनले यातायात व्यवसायीको लगानी सुरक्षित गर्ने दावि गरेका हुन् ।
उनले अहिले ऐन कानून बनाउने काम भईरहेको भन्दै यसले यातायात व्यवसायी र मजदुरका अधिकार सुनिश्चित गर्नेमा ढुक्क हुन आग्रह गरे । राज्यमन्त्री महतोले सवारी क्षमता अनुसारको सडकको स्तरोन्नतीका लागि सरकारले काम गरिरहेको भन्दै मन्त्रालय यातायात क्षेत्रका सरोकारवाला पक्षसँगको समन्वयमा काम अघि बढाउने बताए । उनले लाईसेन्स प्रक्रियामा देखिएका समस्या समाधानमा पनि आफुहरु गम्भिर रहेको बताए ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालले २० बर्ष पुराना सवारी देशभरबाट हटाउने सरकारको तयारीले यातायात क्षेत्रको खर्बको लगानी डुव्ने भएकाले माफियाहरुको चलखेलमा नलाग्न सरकारलाई आग्रह गरे । उनले यातायात क्षेत्रले अग्रिम कर बझाएपनि आफुहरुलाई सम्मानको व्यवहार नभएको गुनासो गरे । उनले यातायात क्षेत्रलाई तहसनहस बनाउने केही तत्वले मन्त्रालयको नीति निर्माणमा हस्तक्षेप गरेको दावि गर्दै यसलाई निरुत्साहित गर्न राज्यमन्त्री महतोको ध्यानाकर्षण गराए ।
टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष प्रदीपराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मालेका जिल्ला सचिव भीमसेन महत, यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, भरत तिमल्सिना, महासचिव सरोज सिटौला, यातायात मजदुर प्रतिनिधि गंगा भट्टराई, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















