३१ असार, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । प्रदेशसभा सदस्य एवं ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दल (नेपाली कांग्रेस) का नेता ईन्द्रबहादुर बानियाँले भवन उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेता बानियाँले चुनावको बेलामा आफ्नो दलको झण्डा बोकेपनि विकासमा सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विकासमा आफुले कहिले पनि पक्ष विपक्षको दृष्टिकोणले नहेर्ने बताए । आफुले विकासमा सबैसंग सहकार्य गरिरहेको र अगामी दिनमा पनि गर्ने भन्दै सहकारीको मूल उद्धेश्य नै सहकार्य रहेको बताए । कार्यक्रममा भवन निर्माणको क्रममा सहयोग गर्ने नेता बानियाँसहित दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, हेटौँडा वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला, जिल्ला बहुद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, कामधेनुका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानु अर्याल, टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, नौलो विहानी कृषि सहकारी संस्थाका उपाध्यक्ष भरत सापकोटा, कामधेनुका सल्लाहकार उदय विडारी, उपाध्यक्ष उदयप्रकाश दाहाल, व्यवस्थापक भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले साढे ९ धुर जग्गामा २७ लाख रुपैँयाको लागतमा एक तल्ले पक्की भवन बनाएको छ । जसमध्ये १७ लाख रुपैँया सरकारी निकाय, जनप्रतिनिधि, विभिन्न संघसंस्था, व्यक्ति र शेयर सदस्यहरुबाट आर्थिक सहयोग जुटाएको छ । भवन निर्माण भएपछि संस्थालाई आगामी दिनमा बहुद्देश्यीय काम गर्न सहज भएको संस्थाले जनाएको छ । ५ सय जना शेयर सदस्य रहेको संस्थाले २ करोड रुपैँया कारोबार गरिरहेको छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







