Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बानियाँद्वारा कामधेनु सहकारीको भवन उद्घाटन

Kamdhenu-1563294291.jpg

३१ असार, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । प्रदेशसभा सदस्य एवं ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दल (नेपाली कांग्रेस) का नेता ईन्द्रबहादुर बानियाँले भवन उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेता बानियाँले चुनावको बेलामा आफ्नो दलको झण्डा बोकेपनि विकासमा सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विकासमा आफुले कहिले पनि पक्ष विपक्षको दृष्टिकोणले नहेर्ने बताए । आफुले विकासमा सबैसंग सहकार्य गरिरहेको र अगामी दिनमा पनि गर्ने भन्दै सहकारीको मूल उद्धेश्य नै सहकार्य रहेको बताए । कार्यक्रममा भवन निर्माणको क्रममा सहयोग गर्ने नेता बानियाँसहित दाताहरुलाई सम्मान समेत गरिएको थियो । 
कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, हेटौँडा वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला, जिल्ला बहुद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, कामधेनुका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानु अर्याल, टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, नौलो विहानी कृषि सहकारी संस्थाका उपाध्यक्ष भरत सापकोटा, कामधेनुका सल्लाहकार उदय विडारी, उपाध्यक्ष उदयप्रकाश दाहाल, व्यवस्थापक भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले साढे ९ धुर जग्गामा २७ लाख रुपैँयाको लागतमा एक तल्ले पक्की भवन बनाएको छ । जसमध्ये १७ लाख रुपैँया सरकारी निकाय, जनप्रतिनिधि, विभिन्न संघसंस्था, व्यक्ति र शेयर सदस्यहरुबाट आर्थिक सहयोग जुटाएको छ । भवन निर्माण भएपछि संस्थालाई आगामी दिनमा बहुद्देश्यीय काम गर्न सहज भएको संस्थाले जनाएको छ । ५ सय जना शेयर सदस्य रहेको संस्थाले २ करोड रुपैँया कारोबार गरिरहेको छ ।

Kamdhenu1-1563294292.jpg
Kamdhenu2-1563294292.jpg
Kamdhenu3-1563294293.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार