Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

सहकारीमा विपद् व्यवस्थापन कोष बन्दै

५ पुस, हेटौँडा । सहकारी संस्थाहरुमा पनि विपद् व्यवस्थापनबारे जानकारीसँगै विपद् व्यवस्थापन कोष निर्माण गरिने भएको छ । 
ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले विद्यालय स्तरीय विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत जिल्लाका सहकारी संस्थाहरुका अध्यक्ष र व्यवस्थापकहरुका लागि आयोजना गरेको छलफल कार्यक्रममा यस्तो कार्ययोजना बनेको हो । 
भैँसे, निबुवाटार, पदमपोखरी, छतिवन लगायत गाविसमा रहेका सहकारीहरुसँग विपद् जोखिम न्यूनकरणका लागि सहकारीहरुको भूमिकाका बारेमा आयोजित छलफल कार्यक्रममा छुट्टै विपद व्यवस्थापन कोष खडा गर्ने, विपदमा परेका बेला सदस्यहरुलाई परिचालन गर्ने लगायतका बिषयमा सबै सहकारीका प्रतिनिधिहरुले एकमत जनाएका थिए ।

उनीहरुले आफ्ना सहकारीहरुमा तुरुन्तै विपद् व्यवस्थापन कोष तयार गर्ने र सहकारीका समूहको बैठकमा जाने सहजकर्ताहरुलाई समेत विपद् व्यवस्थापनबारे समूहका सदस्यहरुलाई जानकारी गराउने गरी जिम्मेवारी तोकिने बताए । 
त्यसैगरी ऋणको बीमा गरी लगानी सुरक्षित गर्नका लागि बिमा कम्पनी र सहकारी संस्थाहरुबीचको समन्वयकारी भूमिका हुनुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो । ग्रामीण महिला सेवा केन्द्रको आयोजना तथा केयर नेपालको सहयोगमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल, डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेल, केयर नेपालका परियोजना व्यवस्थापक रुपेन्द्र बस्नेतलगायतले विपद् व्यवस्थापनमा समुदाय तहमा सहकारीमार्फत खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरिएको थियो ।

त्यसैगरी बिमा र सहकारीको समन्वयमा विपद घटाउने बारेमा नेशनल लाइफ इन्स्युरेन्सका नवराज अधिकारीले आफ्ना धारणा प्रस्तुत गरेका थिए । सेवा केन्द्रकी अध्यक्ष लक्ष्मी मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघका सचिव कल्पना श्रेष्ठले सहजीकरण गरेकी थिइन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार