Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चितवनको नारायणी नदीमा ‘क्रुज सिप’ चलाउने

Cruise-Ship-1563677804.jpg

Google Sketch

५ साउन, चितवन । पर्यटकीय उद्देश्यका लागि नारायणी नदीमा ‘क्रुज सिप’ चलाउने तयारी अन्तिम चरणमा पुगेको छ । मंगलपुरदेखि देवघाटसम्म चल्ने दुई तले क्रुज सिप (सानो जहाज) को तल्लो खण्ड बनाउने काम पूरा भएको समाचार कान्तिपुरमा रमेशकुमार पौडेलले लेखेका छन् ।
पर्यटकहरू बस्ने दुई तहको माथिल्लो खण्ड बनाएर आउँदो दसैंदेखि सेवा सुरु गर्ने सञ्चालकको योजना छ । राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिले देशमै पहिलो पटक क्रुज सञ्चालन गर्न लागेको हो । प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार सय फिट लम्बाइ र २५ फिट चौडाइ क्रुजमा दुई सय जना अट्ने छन् । पहिलो तला वातानुकूलित ९एसी० हुने छ । दोस्रो तला खुला हुने कँडेलले बताए । भारतीय इन्जिनियर र प्राविधिकहरू चितवन नै आएर क्रुज बनाउन जुटेका हुन् । क्रुजको स्टेसन नारायणगढ बजारदेखि ६ किलोमिटर पश्चिम मंगलपुरको ज्ञानेश्वर सामुदायिक वननजिक काप्रेघाटमा रहने छ ।
काप्रेघाटमा नै क्रुज बन्दै छ । दुईवटा इन्जिन रहने क्रुजको तल्लो खण्ड बनाउने काम गत चैतको अन्तिमबाट सुरु भएको थियो । निकै महत्त्वपूर्ण मानिएको यो खण्डलाई बिहीबार पानीमा राखिएको थियो । क्रुजका आधार खण्ड पानीमा मज्जाले तैरिएपछि निर्माणमा संलग्न प्राविधिक र कम्पनी सञ्चालकहरू उत्साहित भए । क्रुजको महत्त्वपूर्ण खण्ड तयार भएको हुँदा माथिल्लो खण्ड दुई महिनाभित्रै बन्ने प्रबन्ध निर्देशक कँडेलले बताए ।
‘हामी एक वर्षदेखि अध्ययन र अनेक खालका परीक्षणमा संलग्न थियौं । नारायणी नदीमा क्रुज चल्न सक्छ भन्ने प्रमाणित भएपछि चैतको अन्तिम साताबाट निर्माणमा नैजुट्यौं । क्रुजको महत्त्वपूर्ण तल्लो खण्ड बने पनि पानीमा तैरन सक्नेरनसक्ने पक्का गरेपछि बल्ल आधिकारिक रूपमा बोलेका छौं,’ कँडेलले भने । भारत केरलाको ग्रान्डियर मरिन इन्टरनेसनलका इन्जिनियर र प्राविधिकहरू काप्रेघाटमा नै आएर क्रुज बनाउँदै छन् ।
निर्माण कम्पनीका निर्देशक इन्जिनियर ओजुस सेवासटिएनका अनुसार नर्वेजियन प्रविधिको प्रयोग गरेर क्रुज बनेको छ । ‘हामीले भारतका नदी र समुद्रका लागि पनि काम गर्दै आएका छौं । नारायणी नदीको पानीको स्तर, रफ्तार र अन्य प्राविधिक विषयलाई ख्याल राखेर काम गर्नुपर्ने भएका कारण यही नै आएर क्रुज बनाउन थालेका हौं । दुई महिनाभित्र निर्माण र साजसज्जाको सबै काम पूरा हुने छ,’ सेवासटिएनले भने ।
ज्ञानेश्वर सामुदायिक वन पछिल्लो समय भरतपुर नारायणगढ क्षेत्रको नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको छ । वन समितिले काप्रेघाट क्षेत्रमा पर्यटन प्रवर्द्धनको योजना बनाएको थियो । त्यही क्षेत्रमा राईनो वाटर इन्टरटेन्टमेन्ट फ्रालिले त्रुजको पोर्ट बनाएको छ । क्रुज चढ्नेहरूको प्रवेश शुल्क वन समितिले पाउने सम्झौता भएको कँडेलले बताए । वन समितिका अध्यक्ष राजन अधिकारी क्रुज सिप देशकै प्रमुख पर्यटकीय आकर्षण हुने बताउँछन् ।
बिहान, दिउँसो र साँझ गरेर तीन सिफ्टमा क्रुज सञ्चालन गर्ने योजना छ । दैनिक ६ सय जनाले सेवा लिन सक्ने छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार